Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रेस युनियनकाे महाधिवेशन तयारीका लागि ट्रेड युनियन कांग्रेससँग छलफल

Screenshot_20220411-19033-1649684786.jpg

२८ चैत, हेटाैंडा । आगामी जेठ १३ र १४ गते हेटाैंडामा हुन गइरहेकाे नेपाल प्रेस युनियनकाे केन्द्रीय महाधिवेशनकाे तयारी तीव्र पारिएकाे छ । महाधिवेशन तयारीकाे सन्दर्भमा साेमबार स्थानीय आयाेजक समन्वय समितिले ट्रेड युनियन कांग्रेस मकवानपुरसँग छलफल गरेकाे हो ।
महाधिवेशन सम्पन्न गर्न आवश्यक सहयाेग र समन्वयकाे लागि आग्रह गर्दै आयाेजक समितिले ट्रेड युनियन कांग्रेसकाे बागमती प्रदेश र मकवानपुर पदाधिकारी तथा सदस्यहरुसँग अन्तरक्रिया गरेकाे छ ।
अन्तरक्रियामा ट्रेड युनियन कांग्रेसका पदाधिकारीहरुले युनियनकाे केन्द्रीय महाधिवेशन सम्पन्न गर्न पाउनु मकवानपुरकाे लागि गाैरवकाे विषय भएकाे बताउँदै महाधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न सक्दाे सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरे । ट्रेड युनियन कांग्रेसले महाधिवेशन सम्पन्न गर्नकाे लागि जनशक्ति परिचालनदेखि अन्य सहयाेग गर्न तयार रहेकाे जनाएकाे छ । 
नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष एवं महाधिवेशन सचिवालय, मञ्च तथा स्वागत समिति संयोजकमा पोष्टराज अधिकारी (कुमार) काे अध्यक्षतामा भएकाे कार्यक्रममा युनियनका केन्द्रीय सदस्य एवं महाधिवेशन समन्वय उपसमिति संयाेजक राममणि दाहाल, आवास समिति संयाेजक रुपेश दुलाल, भाेजन समिति संयाेजक सुजन बिडारी, ट्रेड युनियन कांग्रेस बागमती प्रदेश उपाध्यक्ष बिरेन्द्रकुमार लामा, मकवानपुर अध्यक्ष यमबहादुर श्रेष्ठ, उपाध्यक्ष ठाकुरप्रसाद चाैलागाई, शर्मिला श्रेष्ठ, काउन मकवानपुरका अध्यक्ष खलिल मिया अन्सारी, उपाध्यक्ष इन्तियाज खानलगायतकाे सहभागिता रहेकाे थियाे ।
महाधिवेशनकाे तयारीस्वरूप केहीदिनअघि युनियनले समन्वय उपसमिति, सचिवालय, भाेजन, आवास समिति संयाेजक चयन गरिसकेकाे छ । महाधिवेशनमा युनियनका करिब १ हजार पाँच सय जना प्रतिनिधिले सहभागी हुनेछन् । अधिवेशनको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने जनाइएकाे छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार