२९ चैत, हेटौंडा । देशभर चर्चामा रहेको चितवनस्थित भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका जिल्ला उपसभापति राजिव न्यौपानेले दावी प्रस्तुत गरेका छन् । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा उनले उपमेयरको दावी प्रस्तुत गरेका हुन् ।
२०४६ सालमा नेविसंघको वडा इकाई सचिवबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका न्यौपाने निरन्तर पार्टी राजनीतिसंगै जनतामाझ भिजेका कारण उनले जनप्रतिनिधिको रुपमा उपमेयरको दावी प्रस्तुत गरेको जनाएका छन् । चितवनमा लोकप्रिय नेताहरुमध्येका उनी जनताको सुखदुःखमा सधै खटिने गरेका कारण शुभेच्छुकहरुले समेत उनलाई उपमेयरको रुपमा हेर्न चाहेको जनाईएको छ ।
पार्टीले आव्हान गरेको हरेक राजनैतिक आन्दोलनमा अग्रपंक्तिमा खटिने न्यौपाने तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६२ साल माघ २६ गते गराएको नगर निर्वाचन बहिष्कार गर्ने क्रममा साविक भरतपुर नगरपालिका–८ को गौरिगञ्ज निमावि अगाडि सेनाको कुटाईबाट गम्भिर घाइते भएका थिए । उनको २१ दिनसम्म भरतपुरस्थित पुरानो मेडिकलमा उपचार भएको थियो ।
पार्टी संगठनमा मात्रै नभई सामाजिक सेवामा समेत सक्रिय न्यौपाने ‘जन्मदेखि मृत्युसम्म’ जनतासंगै रहने नेताको रुपमा चितवनमा चिनिएका छन् । ‘पार्टीको सच्चा सिपाही हुँ, पार्टीले जिम्मेवारी दिए बहन गरेर भरतपुरबासीको सेवा गर्नेछु ।’–उनले भने । आफु निरन्तर पार्टी र जनताको हितमा खटिएको भन्दै उनले सबैको सुझावका आधारमा उम्मेदवारको दावी गरेको बताए ।
यस्तो छ न्यौपानेको राजनैतिक र सामाजिक पृष्ठभूमि
२०४८ सालमा नेविसंघ इकाई अध्यक्ष अरुणोदय उमावि, भरतपुर–६
२०५० सालमा नेविसंघ गाउँ समिति उपाध्यक्ष गीतानगर
२०५२ सालमा नेविसंघ इकाई सहसचिव सप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुर
२०५३ सालमा नेविसंघको तर्फबाट स्ववियु सदस्य उम्मेदवार सप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुर
२०५४ सालमा नेविसंघ इकाई सचिव सप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुर
२०५४ सालमा नेविसंघ जिल्ला सदस्य, चितवन
२०५७ सालमा नेविसंघ जिल्ला उपाध्यक्ष, चितवन
२०६० सालमा नेविसंघ जिल्ला सचिव, चितवन
२०६४ सालमा नेविसंघ जिल्ला उपाध्यक्ष, चितवन
नेपाल विद्यार्थी संघ केन्द्रीय महाधिवेशन आठौं चितवन, चौथो वीरगञ्ज र दशौं चितवनमा सम्पन्न महाधिवेशनमा चितवनबाट केन्द्रीय प्रतिनिधि
जनजान्दोलन २०४६, निरङकुश राजतन्त्रको २०५९ असोज १८ को कदमका विरुद्ध, जनआन्दोलन २०६२/०६३ मा सक्रिय सहभागिता ।
२०४८ सालदेखि २०७४ सम्मका सबै निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरुलाई विजयी गराउन सक्रिय सहभागिता ।
२०६७ सालमा नेपाली कांग्रेस १२ औं महाधिवेशनमा चितवन क्षेत्र नं ४ बाट जिल्ला सदस्य निर्वाचित ।
२०७२ सालमा नेपाली कांग्रेसको १३ औं महाधिवेशनपश्चात नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको सचिवको जिम्मेवारी निर्वाह ।
नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनमा जिल्ला कार्यसमिति चितवनको उपसभापति पदमा निर्वाचित भई हाल कार्यसम्पादन गरिरहेको ।
सामाजिक संलग्नता
१) नेपाल रेडक्रस सोसाइटी आजीवन सदस्य,
२) नेपाल परिवार नियोजन संघ चितवनको आजीवन सदस्य
३) विभिन्न सहकारी, सामुदायिक वन लगायतका विभिन्न संघ संस्थामा संलग्न रही कार्य गरेको पूर्व अनुभव
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









