२९ चैत,हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको संयोजनमा मकवानपुरका महिला पत्रकारहरुलाई नियमित रुपमा सेनिटरी प्याड उपलब्ध गराइने भएको छ। निशुल्क दूर्घटना बिमा,उपचार कोष जस्ता सुविधालाई निरन्तरता दिइरहेको महासंघले अब महिला पत्रकारलाई नियमित रुपमा सेनिटरी प्याड निशुल्क उपलब्ध गराउने भएको हो ।
सेनिटरी प्याडको लागि महासंघले औषधि व्यवसायी संघ मकवानपुरको सहयोग लिने भएको छ । औषधि व्यवसायी संघले मासिक रुपमा महिला पत्रकारलाई आवश्यक पर्ने सेनिटरी प्याड महासंघमार्फत हस्तान्तरण गर्न सहमति जनाएको छ । सहमति बमोजिम नै संघले मंगलबार पत्रकार महासंघलाई सेनिटरी प्याड हस्तान्तरण गरेको छ । संघले महासंघको कार्यालयमै पुगी अनुमानित एक महिनाको लागि आवश्यक हुने सेनिटरी प्याड महासंघ अध्यक्ष मणिराज गौतम र कोषाध्यक्ष केशव समर्पणलाई हस्तान्तरण गरेको छ ।
सेनिटरी प्याड हस्तान्तरण कार्यक्रममा औषधि व्यवसायी संघका बागमती प्रदेश सदस्य सुधिर दाहाल, मकवानपुरका कार्यबहाक अध्यक्ष नारायणलाल श्रेष्ठ, महासचिव संघर्ष गुरुङ, कोषाध्यक्ष तथा सेनिटरी प्याड संयोजन समितिका संयोजक विष्णु थापा, संघका कार्यसमिति सदस्य भरत कार्की, नाजिलाल लामालगायतको उपस्थिति रहेको थियो ।प्याड हस्तान्तरण गर्दै संघका कार्यबहाक अध्यक्ष नारायणलाल श्रेष्ठले अबदेखि नियमित रुपमा आवश्यक सेनिटरी प्याड महासंघलाई उपलब्ध गराइने प्रतिवद्धता जनाए ।
महासंघले बुधबार एक कार्यक्रममार्फत सञ्चारिका समूह मकवानपुरलाई सेनिटरी प्याड वितरणको जिम्मा दिने भएको छ ।प्राप्त सेनिटरी प्याड महिला पत्रकारलाई आवश्यकताको आधारमा नियमित वितरण गर्न सञ्चारिका समूहलाई जिम्मेवारी दिन लागिएको महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिए ।
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









