Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शैक्षिक गुणस्तर सुधार्न सरकारसँगै अभिभावक जिम्मेवारः मन्त्री मोक्तान 

aaaaaa-1650518786.jpg

८ बैशाख, हेटौंडा । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले शिक्षाको गुणस्तर सुधार गर्न सरकारसँगै विद्यार्थी, शिक्षक, अभिभावक जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छन् ।
बुधबार हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरी स्थित महेन्द्र माध्यमिक विद्यालयमा आयोजित अक्षयकोष दाता सम्मान, दीर्घसेवा शिक्षक सम्मान तथा बिदाई र एसईई परिक्षार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले शिक्षा क्षेत्रको सुधारका लागि विद्यार्थी, शिक्षकसँगै अभिभावकले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएकी हुन् ।
सबै पक्ष जिम्मेवार भए विद्यार्थीको भविष्य राम्रो हुने भन्दै मन्त्री मोक्तानले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको रामेछाप स्थित गाउँको उदाहरण दिइन् ।
तामाङ बस्ती भएपनि रामेछापको कुलमान घिसिङको गाउँको विद्यालयमा पढेका सबै विद्यार्थी डाक्टर, ईन्जिनियर भएको भन्दै मन्त्री मोक्तानले शैक्षिक गुणस्तर बढाउँदै असल नागरिक बनाउँन शिक्षक, विद्यार्थीसँगै अभिभावकपनि जिम्मेवार बन्नुपर्नेमा जोड दिईन ्।
असल, सभ्य, अनुशासित नागरिक बनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षकसँगै अभिभावक बढी सचेत बन्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालयमा लामोसमय अध्यापन गराउनु भएका पूर्व शिक्षकहरु रामकृष्ण रोक्का र श्यामकुमार भारद्वाजलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । साथै, विद्यालयको अक्षय कोषमा आर्थिक सहयोग गरेको भन्दै स्थानीय चन्द्रबहादुर वाईबा र गोपी बर्तौलालाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
महेन्द्र माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष शंकरबहादुर रोक्काको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १३ का वडा अध्यक्ष मनोजकुमार वाईबा, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतम, विद्यालय व्यस्थापन समितिका सदस्य बिरबहादुर गोले ‘सानु’, समाजसेवी बसन्तकुमार लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार