८ बैशाख, हेटौंडा । बैशाख ९ गते शुक्रवारदेखि सुरु हुने एसइइ परीक्षा दिने तयारीमा रहेका बिद्यार्थीहरुलाई हौसला प्रदान गरेका छन् ।
हेटौंडा–२ संगमचोकमा रहेको ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल) को आयोजनामा भएको कार्यक्रममा एसइइ परीक्षा दिन तयार रहेका बिद्यार्थीहरुलाई आत्मवल बढाउने उद्देश्यले हौसला कार्यक्रम गरिएको हो ।
मोटिभेस्नल स्पीकर रवि किरणले बिद्यार्थीहरुलाई परीक्षामा हौसलापूर्ण सहभागि भएर परीक्षा दिन मोटिभेट गरेका थिए ।
कार्यक्रममा ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल)मा बस्ने भुटनदेवी मावि, आधुनिक राष्ट्रिय मावि, ज्ञानोदय र सिद्धार्थ माविमा अध्ययनरत बिद्यार्थी, बिद्यार्थीका अभिभावक, शिक्षक लगायतकाको सहभागिता रहेको थियो ।
कार्यक्रममा ब्रेन बिल्डर्स एजुकेशन होमका संचालक आर्यन झा, भुटनदेवि उमाविका भरत पोखरेल, पोष्टराज (कुमार) अधिकारी लगायतकाले बिद्यार्थीहरुलाई नआत्तिकन परीक्षामा सहभागि भएर परीक्षा दिन सुझाव दिएका थिए ।
उक्त अवसरमा २०७९ सालको एसइइ परीक्षामा सहभागि हुने बिद्यार्थीहरुलाई बिदाइ समेत गरिएको छ ।
ब्रेन विल्डर्स एजुकेशन होममा बसेर हेटौंडाको बिभिन्न बिद्यालयमा अध्यनरत ३६ जना बिद्यार्थीलाई बिदाई गरिएको होस्टलका संचालक आर्यन झाले जानकारी दिए ।
करिव ५ बर्ष अघिदेखि संचालन गरिएको यस होस्टलमा मकवानपुर, बारा, पर्सा, रौतटह, सर्लाही लगायतकाको जिल्लाबाट बिद्यार्थीहरु हेटौंडामा अध्ययन गर्नका लागि बसेका छन ।
एकसय बढी बिद्यार्थी रहेको यस होस्टलमा योग कक्षा, अनुशासन सहितको उत्कृष्ट नतिजा भन्ने मुल उद्देश्यका साथ बिद्यार्थीलाई शिक्षा दिने गरेको संचालक झाले बताए ।
कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने छात्र तथा छात्राहरुलाई राखेर अध्यापन गराईरहेको यस होस्टलले बिद्यार्थीको स्वास्थ्य उपचारका लागि स्टाप नर्स पनि राखेको छ ।
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...




-1791939176.jpg)













