Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आज मकवापनुरका १३ जना पत्रकारलाई जर्नालिजम अवार्ड प्रदान गरिदैँ

aword-1650690421.jpg

१० बैशाख, हेटौंडा । न्यू मिडिया एकेडेमीले आयोजनामा आज शनिबार हेटौंडामा मकवानपुरका १३ जना पत्रकारहरुलाई जर्नालिजम अवार्ड प्रदान गरिने भएको छ । 
मकवानपुरका कृयाशील पत्रकारहरुको हौसला एवम् उत्प्रेरणाको लागि न्यू मिडिया एकेडेमीले आयोजना गर्दै आएको हेटौंडा जर्नालिजम अवार्डको तेस्रो तथा चौथो संस्करण मार्फत आज १३ जना पत्रकारलाई अवार्ड प्रदान गर्न लागिएको हो । 
कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको र हेटौंडा–५ मा स्थित रिगल हेटौंडा रिसोर्टमा हुने औपचारिक कार्यक्रमकाबीच अवार्ड प्रदान गरिने एकेडेमीका अध्यक्ष मणिराज गौतमले जानकारी दिए ।
एकेडेमीले यसवर्ष उत्कृष्ट पत्रकार वर्ष अवार्ड (पुरुष तथा महिला) खोज पत्रकारिता अवार्ड, चलचित्र पत्रकारिता अवार्ड, रेडियो पत्रकारिता अवार्ड, सम्पादक वर्ष अवार्ड, खेलकुद पत्रकारिता वर्ष अवार्ड, उत्कृष्ट कला पत्रकारिता अवार्ड, आर्थिक पत्रकारिता अवार्ड प्रदान गर्न लागेको गौमले बताए ।
यस्तै अध्यक्ष गौतमका अनुसार उत्कृष्ट नवप्रवेशी पत्रकारिता अवार्ड (महिला र पुरुष), उत्कृष्ट अनलाइन पत्रकारिता अवार्ड, उत्कृष्ट क्रियाशील पत्रकार वर्ष अवार्ड पनि प्रदान गरिने छ । 
उत्कृष्ट पत्रकार वर्ष अवार्ड प्राप्त गर्नेलाई जनही १० हजार तथा अन्य विधाका पत्रकारलाई जनही ५ हजार रुपैयाँ नगदसहित अवार्ड र सम्मान पत्र प्रदान गरिने कार्यक्रम संयोजक श्रीराम अर्जुनले जानकारी दिए । 
कोरोनाका कारण दुईवर्ष हुन नसेको अवार्ड २०७७ र २०७८ सालमा गरेको कामको मूल्यांकनको आधारमा प्रदान गरिने संयोजक अर्जुनले बताए ।अवार्ड वितरणका लागि ३ सदस्यीय जुरी बनाइएको पनि उनले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार