Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कामधेनु सहकारीको बार्षिक उत्सव,वृद्धवृद्धाहरुलाई खाद्यान्न सहयोग

20190101181419_IMG_0051-1650702200.JPG

भिमसेन पौडेल 

१० बैशाख,हेटौडा । हेटौंडा -६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा ज्येष्ठ शेयर सदस्य सम्मान गर्दै तथा वृृद्धवृद्धाहरुलाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ ।
संस्थाले हेटौडा–१७, गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसञ्चार वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई खाद्यान्न तथा फलफूल वितरण गर्नुका साथै ज्येष्ठ शेयर सदस्य दिर्घमणी भट्टराईलाई  सम्मान गरेको हो। 
हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष उदय बिडारीको सभाध्यक्षमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा संस्थाका ज्येष्ठ शेयर सदस्य दिर्घमणी भट्टराईलाई सम्मान पत्र, दोसल्ला र नगद सहित सम्मान गरिएको थियो।त्यसैगरि हेटौडा–१७, गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसञ्चार वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई खाद्यान्न वितरण गरिएको थियो । संस्थाले वृद्धाश्रमलार्ई ५ किलो चामल, ५ किलो पिठो, २ किलो स्याउ, २ किलो अङगुर, २ किलो चिनी र नगद २ हजार उपलव्ध गराएको थियो ।   

कार्यक्रममा हेटौडा–१७ का वडा सदस्य टिकाप्रसाद तिमल्सिना, नेपाल पत्रकार महासंघ, बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, जनकल्याण सहकारी अध्यक्ष हिमाल पौडेल, श्रीमदभागत ज्ञानसञ्चार बृद्धाश्रम अध्यक्ष लक्ष्मण कटुवाल, टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६  अध्यक्ष केशव धिताल, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, दिव्यज्योति आधारभूत विद्यालयका अध्यक्ष नवराज न्यौपाने,ज्येष्ठ नागरिक मञ्च, हेटौडा–१७ अध्यक्ष यतिन्द्र पुडासैनी,सञ्चारकर्मी सुनिल शिवाकोटी, संस्थाका पदाधिकारी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

हेटौडा–६ र १७ नम्वर वडा कार्यक्षेत्र रहेको संस्थामा ६ सय सदस्य रहेका छन । संस्थाले  जोडी सदस्य, पत्रकार र उद्योगी शेयर सदस्य सम्मान लगायतका कार्यहरु गर्दै आएको छ।संस्थामा आवद्ध महिला सदस्यहरुलाई सीप सिकाई निजहरुलाई आयआर्जनमा समेत समावेश गरेको छ।संस्थाले खादा तथा व्याग उत्पादक गरि विक्री वितरण समेत गर्दै आएको आयआर्जन उपसमिति सदस्य शिव प्रसाद गौतमले बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार