Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

स्थानीय तह निर्वाचनका लागी ८२ हजार २१० उम्मेदवारले मनोनय दर्ता गराए

20190104010501_IMG_0337-1-1650934219.jpg

१३ बैशाख, हेटौंडा । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ८२ हजार २१० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । आयोगले पछिल्लोपटक उपलब्ध गराएको विवरणअनुसार निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणीकरण भई निर्वाचन आयोगमा उक्त दर्ता सूची देखिएको हो ।
निर्वाचन कार्यतालिका अनुसार आइतबार र सोमबार गरी दुई दिन मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो । पहिलो दिन वैशाख ११ गते तुलनात्मक रुपमाकम संख्यामा मनोनयन दर्ता भए पनि दोस्रो दिन १२ गते ठूला दलका उम्मेदवारसहित सबै उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
प्रदेशस्तरमा मनोनयन दर्ताको अवस्था हेर्दा सबैभन्दा बढी मधेस प्रदेशमा मनोनयनदर्ता भएको देखिएको छ । सो प्रदेशको प्रमुखमा ८३५, अध्यक्षमा ६०८, उपप्रमुखमा ४२४, उपाध्यक्षमा ३१६, वडा अध्यक्षमा ४७६१, महिला सदस्यमा ३०४६, दलित महिला सदस्यमा २९२१, खुला सदस्यमा ६१९० गरी जम्मा १९ हजार १०१ जनाको मनोनयन दर्ता भएको छ ।
त्यस्तै, लुम्बिनी प्रदेशमा १४ हजार ७६२ जनाको मनोनयन दर्ता भएको छ । सो प्रदेशको प्रमुखमा २९९, अध्यक्षमा ४३६, उपप्रमुख २१८, उपाध्यक्ष ३१९, वडाध्यक्ष ३४२३, महिला सदस्य २५०६, दलित महिला सदस्य २३२२ र खुला सदस्य ५२३९ मनोनयन दर्ता भएको छ ।
लुम्बिनी प्रदेशमा १४ हजार ७६२ जनाको मनोनयन दर्ता भएको छ । सो प्रदेशको प्रमुखमा २९९, अध्यक्षमा ४३६, उपप्रमुख २१८, उपाध्यक्ष ३१९, वडाध्यक्ष ३४२३, महिला सदस्य २५०६, दलित महिला सदस्य २३२२, खुला सदस्य ५२३९ मनोनयन दर्ता भएको छ ।
सोहीअनुसार प्रदेश १ मा १४ हजार ९३४ जनाले मनोनयन दर्ता गराउनुभएको छ । सो प्रदेशको प्रमुखमा ३३३, अध्यक्ष ४३१, उपप्रमुख २२७, उपाध्यक्ष ३४६, वडा अध्यक्ष ३५४४, महिला सदस्य २५३५, दलित महिला सदस्य २२१८ र खुला सदस्यमा ५३०० मनोनयन दर्ता भएको छ ।
त्यस्तै, बागमती प्रदेशमा जम्मा १३ हजार २९४ जनाले मनोनयन दर्ता गर्नुभएको छ । सो प्रदेशको प्रमुख ४१६, अध्यक्ष ४३२, उपप्रमुख २४४, उपाध्यक्ष २७३, वडाध्यक्ष ३४१२, महिला सदस्य २१४३, दलित महिला सदस्य १७७७ र खुला सदस्य ४५९७ मनोनयन दर्ता भएको छ ।
सोहीअनुसार गण्डकी प्रदेशमा ६ हजार ५९३ मनोनयन दर्ता भएको छ । सो प्रदेशको प्रमुखमा १५७, अध्यक्षमा १९७, उपप्रमुखमा ९२, उपाध्यक्ष १५६, वडाध्यक्ष १५८८, महिला सदस्य १०७९, दलित महिला सदस्य ९६८, खुला सदस्य २३५६ मनोनयन दर्ता भएको छ ।
कर्णाली प्रदेशमा जम्मा ६ हजार ६१८ उम्मेदवारी परेको छ । सो प्रदेशको प्रमुखमा १३५, अध्यक्ष २१७, उपप्रमुख ११५, उपाध्यक्ष १८७, वडाध्यक्ष १७३६, महिला सदस्य १०८२, दलित महिला सदस्य ९२० र खुला सदस्य २२२६ मनोनयन दर्ता परेको छ ।
सोहीअनुसार सुदूरपश्चिम प्रदेशमा जम्मा ६ हजार ९०८ मनोनयन दर्ता भएको छ । सो प्रदेशमा प्रमुखमा १६८, अध्यक्ष १७६, उपप्रमुख १२५, उपाध्यक्ष १२९, वडाध्यक्ष १७१२, महिला सदस्य ११६३, दलित महिला सदस्य १०५५ र खुला सदस्य २३८० मनोनयन दर्ता भएको छ ।
यसरी सातवटै प्रदेशको जम्मा प्रमुखमा २ हजार ३४३, अध्यक्ष २ हजार ४९७, उपप्रमुख १ हजार ४४५, उपाध्यक्ष १ हजार ७२६, वडाध्यक्ष २ हजार १७६, महिला सदस्य १३ हजार ५५४, दलित महिला सदस्य १२ हजार १८१ र खुला सदस्य २८ हजार २८८ जनाको मनोनयन दर्ता भएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सोमबार मनोनयन सकिएपछि आज मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ । यस्तै वैशाख १४ र १५ मा मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने छ । 
वैशाख १५ मा मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने भोलिपल्ट १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । वैशाख १७ मा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार