१४ बैशाख,हेटौंडा। यहि बैशाख ३० गतेमा हुने स्थानीय तह सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गराएका आठजना विरुद्ध उजुरी परेको छ ।
मकवानपुरका स्थानीय तह निर्वाचनका खटिएका मुख्य निर्वाचन अधिकृतहरुका अनुसार बकैया गाउँपालिकामा तीनजना मनहरी गाउँपालिकामा दुई ,बागमती गाउँपालिकामा एक जना र हेटौंडामा दुईजना गरी ८ जना उम्मेदवार विरुद्ध उजुरी परेको हो ।
बकैंया गाउँपालिका नेपाली कांग्रेसका उपाध्यक्ष छाँया अधिकारी,नेकपा माओवादीका उपाध्यक्ष भक्त खत्री र नेपाली कांग्रेसका वडा नम्बर ५ का लक्ष्मी जिम्बाविरुद्ध उजुरी परेको निर्वाचन अधिकृत आनन्दराज पोखरेलले बताए।उनका अनुसार उजुरी परेकालाई लिखित स्पष्टिकरण दिन भनिएको जनाइएको छ।
त्यसैगरी मनहरी गाउँपालिकामा नेकपा एकिकृत समाजवादीको तर्फबाट उपाध्यक्ष उम्मेदवारी दिएकी मनिला बिष्ट विरुद्ध वेरुजुसम्बन्धी र नेपाली कांग्रेसका वडा नम्बर ३ वडाअध्यक्षका उम्मेदवार आन्नत प्रसाद अर्याल विरुद्ध उजुरी परेको हो। उनीले आफ्नो पदबाट राजिनामा नदिएको भन्दै उजुरी परेको मनहरीका निर्वाचन अधिकृत पुर्ण बहादुर दर्जीले जानकारी दिएका छन्।
यता हेटौंडा उपमहानगरपालिका एमालेबाट वडाध्यक्षमा मनोनयन दर्ता गराएका दुईजना उम्मेदवार विरुद्ध उजुरी परेको छ।
उजुरी पर्नेमा एमालेका तर्फबाट ४ नम्बर वडाअध्यक्षमा मनोनयन दर्ता गराएका नविन सिग्देल र १९ नम्बर वडाध्यक्षका लागि मनोनयन दर्ता गरेका नरनाथ सुवेदीविरुद्ध उजुरी परेको हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिएका छन् । सिग्देलविरुद्ध अबैधानिक उपभोक्ता समिति गठन गरी राज्यकोणको पैसा हिनामिना गरेको र सुबेदीविरुद्ध कर छली गरेको उजुरी परेको शर्माले बताएका छन्।उनले दुईजनालेनै लिखित स्पष्टिकरण दिएको र वाकी कुरा अनुसन्धानमै रहेको बताए।
त्यसैगरी बागमती गाउँपालिकामा नेपाली कांग्रेसका उपाध्यक्षका उम्मेदवार फणिन्द्र प्रसाद तिम्लसिना विरुद्ध उजुरी परेको गाउँपालिकाका निर्वाचन अधिकृत हरि प्रसाद उपाध्यायले जानकारी दिए ।उजुरी परेका विरुद्ध आरोप पुष्टि भएको खण्डमा उम्मेदवारको उम्मेदवारी खारेज हुनसक्ने निर्वाचन अधिकृतहरुको भनाई छ । निर्वाचन आयोगको भोलि १५ गते नामावली प्रकाशन गर्ने तालिका रहेको छ।
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...



-1791939176.jpg)













