Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

स्थानीय तह निर्वाचन: हेटौंडामा गठबन्धन दलको संयुक्त चुनावी भेला र सम्पर्क कार्यालय

20190105224336_IMG_0343-1651077292.JPG

१४ बैशाख, हेटौंडा । यहि बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनलाई लक्षित गर्दै गठबन्धनमा आवद्ध दलले हेटौंडाको विभिन्न वडामा भेला तथा सम्पर्क कार्यालय स्थापना गरेको छ। 
सत्तारुढ गठबन्धन दलले बुधबार हेटौंडा-९ मा मेयरका उम्मेदवार मिना कुमारी लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँले संयुक्त रुपमा सम्पर्क कार्यालय उदघाटन गर्दै घरदैलो गरेका हुन्।
त्यसैगरी आसन्न स्थानीय तह सदस्य निर्वाचनलाई मध्यनजर गर्दै गठबन्धन नेतृत्वको हेटौंडा-२ कांग्रेसचोकमा सम्पर्क कार्यालय स्थापना गरेको छ।  
त्यसैगरी मेयर र उपमेयरको उपस्थितिमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ मा सत्तारुढ गठबन्धनले संयुक्त वडा भेला गरी वडाका नेता तथा कार्यकर्ता,सु्भेच्छुक र मतदाताहरुसँग साक्षात्कार गरेको छ।त्यसैगरी हेटौंडा-१,१८ मा पनि सम्पर्क कार्यालय स्थापना गर्दै भेटघाट गरेको हो। 

भेला तथा सम्पर्क कार्यालय उदघाटनमा गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको क्रमश मेयर र उपमेयर पदका उम्मेदवार मिना लामा र राजेश बानियाँले यो गठबन्धन संविधानको रक्षा एवम् देश र जनताको हितमा भएका थिए। उनीहरुले आम मतदाताले अब गठबन्धनका उम्मेदवारलाई मतदान गरी मुलुकबाट प्रतिगमनकारीहरुको अन्त्य गर्नुपर्ने बताए।

सबै राजनीतिक दल, नागरिक समाज, पत्रकार एवम् बौद्धिक वर्गहरुसँग छलफल गरी आवश्यक राय, सुझाव संकलन गरी समृद्ध हेटौंडा उपमहानगरपालिका बनाउने दृढ संकल्पसहित आफुहरु चुनावी अभियानमा होमिएको र सबैको सहयोग पाए गठबन्धनकै उम्मेदवारहरुले जित हासिंल गरी जनताको पक्षमा काम गर्नेमा कुनै शंका नभएको उनीहरुको भनाई रहेको छ ।
हेटौंडा-४  मा भएको कार्यक्रममा  गठबन्धनबाट हेटौंडा–४ को वडा अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद पौडेलले आफु यसअघि पनि उम्मेदवार भई झिनो मतले पराजित हुनुपरेका कारण जनहितका काम गर्ने योजना अधुरै रहेपनि यस पटक पुरा गर्ने बताएका थिए ।उनले आफु सेवाभावसहित राजनीतिमा आएको भन्दै वडा अध्यक्ष भएपश्चात राज्यबाट प्राप्त गर्ने सेवा सुविधा सबै आर्थिक विपन्नता भएका गरिब दुखी जनताको लागि खर्च गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलकी मुख्य सचेतक मुनु सिग्देल, माओवादी केन्द्रकी केन्द्रीय सदस्य प्रमिला पुलामी, नेपाली कांग्रेसका नेता प्रदिप कोइराला, समाजवादीका नेता ललित बस्नेतलगायतका नेता तथा सत्ता गठबन्धनका आम कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । गठबन्धन नेतृत्वले भोलि पनि नगरको विभिन्न वडामा सम्पर्क कार्यालय स्थापना गर्दै घरदैलो अभियानलाई निरन्तरता दिने जनाइएको छ।

FB_IMG_1651076644377-1651077294.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार