Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काठमाडौं महानगरको मेयरकी उम्मेदवार सिंहको सात 'स' को संकल्प पत्र सार्वजनिक

FRaqU76VsAE2x-k-1651138340.jpg

१५ बैशाख, हेटौंडा । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहले आफ्नो सात ‘स’ को संकल्पपत्र सार्वजनिक गरेकी छन् ।
आज काठमाडौंमा एक कार्यक्रमकाबीच संकल्प पत्र सार्वजनिक गर्दै उनले महानगरलाई विधिको शासन, नियम, कानून भित्र रहि चलाउने दावी गरेकी छन् । भ्रष्टाचारमुक्त, चुस्त सेवाप्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा काठमाडौं महानगरलाई स्थापित गर्ने उनको प्रतिवद्धता छ । 
सात ‘स’ को संकल्प पत्रमा १ मा सेवा र सुशासन, २ मा स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, ३ मा स्वच्छ, सफा, दिगो पर्यावरण, ४ मा सुरक्षित शहर, ५ मा संस्कृति, सम्पदा र सभ्यता, ६ मा सबल र समुन्नत पूर्वाधार, र ७ मा सबल युवा, स्वावलम्वी महिला, सिर्जनशील महानगरबासी रहेका छन् ।
त्यसैगरी सबै वडाहरुमा रोकथाम, परिक्षण, उपचार र पुर्नस्थापनासहितको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पतालको सञ्चालन गर्ने संकल्प पत्रमा उल्लेख गरिएको छ । 
जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न लगायत विशेष समुहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने सिंहले संकल्प पत्रका उल्लेख गरेकी छन् । सिंहले काठमाडौं महानगरलाई ‘जिरो वेस्ट’ नगरपालिका बनाउने घोषणा समेत गरेकी छन् । 
पिउन योग्य पानी, स्वास फेर्न योग्य हावाका लागि आवश्यक कानूनी, संस्थागत र संरचनागत व्यवस्था गर्ने उनको दावी छ । सार्वजनिक खुल्ला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, फल्चा आदीको संरक्षण, पुर्नस्थापना तथा विस्तार गरिने संकल्प पत्रमा उल्लेख गरिएको छ । 
त्यस्तै गरी महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्नसक्ने र हिडडुल गर्न सक्ने शहरको निर्माण गर्ने साथै विपद थेग्न सक्ने क्षमतायुक्त शहरको निर्माणको लागि काम गर्ने प्रतिवद्धता संकल्प प्रत्रमा गरिएको छ 
कार्यक्रममा बोल्दै उम्मेदवार सिंहले महानगरभित्रको संस्कृतिलाई पर्यटन सँग जोड्ने उल्लेख गरिन् । उनले गुठि प्रणालीको संरक्षण र प्रवद्र्धन गर्दै दिगो विकासको लागि प्रतिवद्ध रहेको पनि स्पष्ट पारेकी छन् । 
यस्तो छ काठमाडौंकी मेयरको सात ‘स’ को संकल्पः
१. सेवा र सुशासनः महानगरलाई विधिको शासन, नियम, कानून भित्र रहि चलाउने संकल्प गर्दछु । भ्रष्टाचारमुक्त, चुस्त सेवाप्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा काठमाडौं महानगरलाई स्थापित गर्नेछु । संघीय सरकार, प्रदेश सरकार, अन्य पालिका, नीजि क्षेत्र, गैरसरकारी संघसंस्था र समुदायसँग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्नेछु । 
२. स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षाः शिक्षा र सिकाईको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउनेछु । महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडाहरुमा रोकथाम, परिक्षण, उपचार र पुर्नस्थापनासहितको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पतालको सञ्चालन गर्नेछु । जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न लगायत विशेष समुहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउनेछु । 
३. स्वच्छ, सफा, दिगो पर्यावरणः काठमाडौं महानगरलाई जिरो वेस्ट नगरपालिका बनाउने छु । पिउन योग्य पानी, स्वास फेर्न योग्य हावाका लागि आवश्यक कानूनी, संस्थागत र संरचनागत व्यवस्था गर्नेछु । सार्वजनिक खुल्ला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, फल्चा आदीको संरक्षण, पुर्नस्थापना तथा विस्तार गर्नेछु । 
४. सुरक्षित शहरः महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्नसक्ने र हिडडुल गर्न सक्ने शहरको निर्माण गर्नेछु । विपद थेग्न सक्ने क्षमतायुक्त शहरको निर्माणको लागि काम गर्नेछु । 
५. संस्कृति, सम्पदा र सभ्यताः मौलिक ज्ञान, भाषा, जात्रा, बाजागाजा, चाडपर्व, मेला, ग्रन्थ, पेशालाई समुदायको अपनत्व र संलग्नतामा सम्वद्र्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसँग जोड्ने छु । गुठि प्रणालीको प्रवद्र्धन, संरक्षण गर्दै दिगो विकासको लागि प्रतिवद्ध रहि कार्य गर्नेछु । 
६. सबल र समुन्नत पूर्वाधारः सहज रुपमा हिडडुल गर्ने पुर्वाधारको निर्माण गरी पैदलयात्री केन्द्रीत शहरका रुपमा महानगरलाई विकास गर्नेछु । महानगर क्षेत्रभित्र सबैखालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्नेछु । महानगरको कार्यक्षेत्र भित्र पर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्न तथा मर्मत सम्भारका लागि अविलम्ब कार्य गर्न सक्नेगरी संस्थागत क्षमताको विकास गर्नेछु । 
७. सबल युवा, स्वावलम्वी महिला, सिर्जनशील महानगरबासीः युवाका लागि अवसर, महिलाको शशक्तिकरण र सम्पूर्ण महानगरबासीको सिर्जनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी गर्नेछु । उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्नेछु । त्यतिमात्र होइन, काठमाडौँका विभिन्न स्थानमा रहेको सुकुम्बासीको समस्या बुझि त्यसको निराकरण गर्न पनि म लाग्नेछु ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार