१६ बैशाख, हेटौंडा । मकवानपुर । केन्द्रीकृत शासन व्यवस्था हटेर मुलुक संघीयता कार्यान्वयनको चरणमा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनले स्थानीय तहमा माहौल गर्माएको छ । उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ । विभिन्न राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दर्ता गराइएको छ । केहीले स्वतन्त्र रुपमा पनि उम्मेदवारी दिएका छन् । उम्मेदवारहरु गाउँरनगर विकास गर्ने एजेण्डा बोकेर जनताको घरदैलोसम्म पुगिरहेका छन् । विगतमा भन्दा यसपटक चुनावी मैदानमा युवा उम्मेदवारहरु धेरै छन् ।
बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदमा नेपाली कांग्रेसको तर्फबाट राजेश बानियाँले उम्मेदवारी दर्ता गराएका छन् । उनलाई सत्तारुढ गठबन्धनले उपमेयर पदको उम्मदेवार बनाएको हो । बानियाँ नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर १ ९ख० को सभापति हुन् ।
२०३६ साल बैशाख २९ गते विरेन्द्रबहादुर र नर्वदा बानियाँको सन्तानको रुपमा हेटौंडामा जन्मिएका बानियाँ २०५० सालदेखि कांग्रेसमा रहेर राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका छन् । उनले स्थानीय बालज्योति उच्च माध्यामिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गरे र मकवानपुर बहुमुखी क्याम्पसबाट वाणिज्य संकायमा स्नातकसम्मको अध्ययन पुरा गरे ।
१५ र १६ बर्षको उमेरमा कांग्रेसको साधारण सदस्य भएका उनले तरुण दल र अन्य भातृ संगठनमा रहेर काम गरेको अनुभव बटुलेका छन् । समाजमा भएका विकृति विसंगतिविरुद्ध आवाज उठाउँदै समाज रुपान्तरणको लागि केही गर्नुपर्छ भन्ने मान्यताले बानियाँलाई राजनीतिमा निरन्तर क्रियाशील रहन प्रेरित गरिरह्यो ।
राजनीतिसंगै सामाजिक सेवाका काममासमेत उनको उपस्थिति बलियो देखिन्छ । उनले २०६८ सालमा कपडा व्यवसायी संघ मकवानपुरको संस्थापक अध्यक्ष भएका काम गरे । लायन्स क्लबको संस्थापक अध्यक्षसमेत रहेका बानियाँ उद्योग वाणिज्य संघको सदस्यको जिम्मेवारीमा रहेर कार्यकुशलता प्रदर्शन गरे ।
राजनीतिक र सामाजिक सक्रियताकै कारण वडावासीमाझ लोकप्रिय भएका बानियाँ २०७४ वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनबाट हेटौंटा उपमहानगर वडा नम्वर ५ को अध्यक्ष निर्वाचित भए । जनप्रतिनिधि निर्वाचित भएपछि सरकारबाट आएको सुविधा सामाजिक काममा खर्चने कमै भेटिन्छन् । तर, बानियाँले भने आफ्नो पारिश्रमिक बालबालिकाका लागि खर्च गरे ।
चुनावी अभियानकै बेला सरकारी सुविधा मतदातालाई नै खर्चिने बाचा गरेका उनले निर्वाचन भएको ५ बर्षसम्म उपमहानगरको शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रमा खर्च गरे । ‘मासिक २८ हजार ७ सय १० रुपैयाँ तलबबापत आउँछ । जसमध्ये म आफैँले अध्ययन गरेको बालज्योति उच्च माध्यमिक विद्यालयमा मासिक २० हजार र श्री लक्ष्मी आधारभुत विद्यालयमा ८ हजार ७ सय १० रुपैयाँ गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि उपलब्ध गराउँदै आएको छु ।’ उनले भने ।
वार्षिकरुपमा पारिश्रमिकवापत आउने ३ लाख ४४ हजार ५२० रुपैयाँ नियमित ३ वर्ष स्थानीय बालज्योति माविको ३ कोठे भवन निर्माणको लागि दिएको उनले बताए । विद्यालयले कक्षा कोठा अभाव भएको जानकारी गराएपछि १५ लाख रुपैयाँ खर्चेर भवन निर्माण गरिदिएको उनले बताए ।
उनले स्वास्थ्य उपचारको लागि सहज होस भन्दै सामुदायिक प्रहरी सेवा केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरे । एम्बुलेन्स खरिदको लागि १४ लाख ५० हजार रुपैयाँ खर्चेको उनी बताउँछन् । सो रकम रकम पारिश्रमिकबाहेक व्यक्तिगत पनि भएको उनको भनाई छ ।
बानियाँले व्यक्तिगत खर्चमा वडावासीको १ सय २५ भन्दा बढी आर्थिक रुपमा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिएका छन् । हेटौँडा उपमहानगरले वडाअध्यक्षका लागि मोटरसाइकल बाँडेको थियो । काममा सहजता र छिटो हुने तर्कसहित उपमहानगरले मोटरसाइकल बाँडे पनि अध्यक्ष बानियाँले लिएनन् ।
बानियाँले अमेरिका, क्यानडा जस्ता दर्जनौँ मुलुकमा पुगेर त्यहाँको विकास पूर्वाधारको विषयमा ज्ञान लिएका छन् । समृद्ध हेटौंडा उपमहानगर निर्माणको लागि आफुलाई गठबन्धनले उम्मेदवारको रुपमा खडा गरेको बानियाँ बताउँछन् ।
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









