१८ बैशाख, हेटौंडा । मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा पहिलो जित निकालेको छ ।
मुम्बईमा शनिबार राति राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो । राजस्थानले दिएको १ सय ५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
मुम्बईको जितमा सूर्यकुमार यादवले ५१ रनको अर्धशतकीय इनिङ खेले । तिलक बर्माले ३५ रन जोड्दा इशान किशनले २६ रन बनाए । टिम डेभिडले अविजित २० रन जोडे । राजस्थानका ट्रेन्ट बोल्ड, प्रशिद्द कृष्ण,रविचन्द्र आश्विन, कुलदिप सेन र युजभेन्द्र चाहलले १÷१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । राजस्थानका लागि जोस बट्लरले ६७ रनको अर्धशतकीय इनिङ खेले । रविचन्द्र आश्विनले २१, द्र्याल मिचेलले १७, सन्जु सामसनले १६ तथा देबदुत पडिकलले १५ रन बनाए ।
मुम्बईका हृतिक शोकेन र रिली मेरीदिथले २÷२ विकेट लिए । यस जितसँगै मुम्बईले पहिलो २ अंक जोडेको छ । मुम्बईले लगातार ८ खेलमा हार व्यहोरेपछि नवौं खेलमा जित निकालेको हो । मुम्बई पुछारमै रहेको छ । राजस्थानले ९ खेलमा १२ अंक जोडेको छ । राजस्थान दोस्रो स्थानमा रहेको छ ।
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...


















