Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आयोगद्वारा स्वतन्त्र उम्मेद्वारलाई ४० प्रकारका चुनाव चिह्न प्रदान

ddddddddddddddddddddddddd-1651364926.jpg

१८ बैशाख, हेटौंडा । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले ४० प्रकारका निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगका अनुसार देशभर १२ हजार ७ सय ८९ जना स्वतन्त्र उम्मेदवार छन् । 
यसअघि नै छपाइ गरेर ल्याइएका चुनाव चिह्न मध्येबाट स्वतन्त्र उम्मेदवारको नाममा निर्वाचन चिन्ह् उपलब्ध गराइएको हो । लौरो, बिरालो, अर्ना, बँदेल, भ्यागुतो, चिल, खसीको टाउको, जेब्रा, काग, भालु, कङ्गारुका साथै  केरा, गुलाब, भुइँकटहर, हाँस, आँप, लाल्टिन, घन्टाघर, मुढा, प्रेसर कुकर, ग्यास सिलिण्डर लगायतका चुनाव चिह्न स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिएको हो ।
सबै भन्दा चर्चामा रहेको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिनुभएका जगन्नाथ पौडेललाई भुँइकटहर चुनाब चिन्ह् प्रदान गरिएको छ भने काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका बालेन शाहलाई लौरो चुनाव चिह्न दिइएको छ । 
पोखरा महानगरपालिकामा स्वतन्त्र तर्फबाट मेयरमा उठ्नुभएका गनेस पौडेललाई पनि लौरो चुनाब चिह्न दिइएको छ । धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएका गोपाल हमाललाई आँप चिन्ह उपलब्ध गराइएको छ ।
विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका उमेश यादव र उपप्रमुख पदका उम्मेदवार नमिता न्यौपानेलाई ‘लालटिन’ चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।  
आयोगले स्थानीय तह निर्वाचन निर्देशिकाको अनुसूची २७ मा स्वतन्त्र निर्वाचन चिह्नहरूको सूची राखेको छ । ६ वटा राष्ट्रिय दलले भने आफ्नै निर्वाचन चिह्न प्राप्त गर्नेछन् । 
नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नै निर्वाचन चिह्न प्राप्त गर्नेछन् । 
राष्ट्रिय मान्यता प्राप्त दलले दलकै चिह्न पाउने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा उल्लेख छ । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राप्रपा, विवेकशील साझा पार्टीलगायत २३ दलले पनि आफ्नै निर्वाचन चिह्न पाएको आयोगले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार