१९ बैशाख, हेटौंडा । जिम्बावे ए टिमविरुद्धको पहिलो टी २० खेलमा नेपाली टिम पराजित भएको छ । कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० आोभरमा ७ विकेट गुमाउँँदै १८१ रन बनाएको थियो । नेपालले पहिलो विकेट २७ रन हुँदा गुमाएको थियो । ओपनर आशिफ शेख व्यक्तिगत ९ रनमा गुमाएको हो ।
त्यस्तै दोस्रो विकेट टिमको स्कोर ८४ रन हुँदा गुमाएको थियो । कुशल भुर्तेल ४६ रनमा आउट भएका थिए । ३१ बल खेलेका कुशलले ८ चौका प्रहार गरेका थिए । स्कोर बोर्डमा १२३ रन जोड्दा रोहित पौडेल ३६ रन बनाउँदै आउट भएका थिए ।
दिपेन्द्र २८ रनमा रनआउट भएका थिए । त्यस्तै आरिफ दुई रन बनाएर पविलियन फर्किए । मोहम्मद अदिल अन्सारी ४७ रनमा तथा करण केसी ४ रनमा अविजित रहे । जिम्बावे ए का लागि ब्राड इभान्स, लुके जोंगे, ब्राण्डन माभुता र जोन मसाराले समान एक एक विकेट लिए ।
जवाफमा जिम्बावे ए टिमले १८ ओभर पाँच बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । बलियो सुरुवात गरेको जिम्बावे ए टिमले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरेको थियो ।
जिम्बावे ए टिमको जितमा इनोसेन्ट काइयाले ४७ रन बनाए भने टाडीवान्से मरुमानीले ५६ रन बनाए भने कप्तान टोनी मुनोयोंगाले ५० रन बनाए ।
जितसँगै जिम्बावे ’ए’ ले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो । सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार खेल्नेछ ।
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...


















