१९ बैशाख, हेटौंडा । नेकपा एमालेको आमसभापछि हेटौंडा–४ स्थित हुप्रचौर सरसफाइ नगरेको सर्वसाधारणले विरोध गरेका छन् ।
हुप्रचौरमा नगर विकास समितिले सार्वजनिक कार्यक्रम, मेला महोत्सव र आमसभा आयोजना गर्न रोक लगाएको भएपनि केही दिन अघि राप्रपा र आइतबार एमालेले आमसभा गरेका थिए ।
आइतबार एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा गरिएको आमसभाका कारण हुप्रचौरमा फोहोर बनेको छ । हुप्रचौरमा आमसभापछि एमालेले फोहोर सरसफाइ र टेण्ट लगाउनका लागि पारिएको खाल्डो पुरेको छैन ।
‘हुप्रचौरमा आमसभाका लागि खाल्डाहरु पारिएको छ ।’ स्थानीयले गुनासो गर्दै भने-‘खाल्डा पुर्नेसँगै फोहोर पनि सरसफाइ गरेको छैन । जसका कारण हुप्र चौर एमालेकै कारण कुरुप बनेको छ । यसप्रति हामी स्थानीयबासी रुष्ट भएका छौं, सफा गरिदिन अनुरोध गर्दछौं ।’
निर्वाचनलक्षित कार्यक्रम गर्दा जनताले प्रयोग गर्ने सार्वजनिक स्थललाई कुरुप पार्नेले भोट माग्न लज्जित हुनुपर्ने बताएका छन् । एमालेले हुप्रचौरमा गरेको फोहोर र खाल्डो पारिएकोबारे तस्बिरहरू सार्वजनिक गर्दै सामाजिक संजालमा आलोचना भइरहेको छ ।
यता, मंगलबार खाल्डो पुर्ने र सरसफाइ गर्ने एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठले बताए । कतै खाल्डो र केहि फोहोर हुनसक्छ । 'हामी मंगलबार सबै खाल्डो पुर्ने र सरसफाइ गर्नेछौं ।’ उनले भने ।
राजनीतिक दलले यस्ता विषयमा ध्यान दिनुपर्ने हुप्रचौरका स्थानीयको भनाइ छ ।
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...




-1791939176.jpg)













