Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गठबन्धनले जिते खानेपानी नि:शुल्क, प्रत्येक वडामा मिनि रंगशाला

IMG_20220503_111711-1651555963.jpg

२० बैशाख, हेटौंडा । सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरमा विजयी भए नि:शुल्क खानेपानी उपलब्ध गराउने घोषणा गरेको छ ।
हेटौंडालाई समृद्ध नगरीको रुपमा विकास गर्ने घोषणासहित निर्वाचनमा होमिएको गठबन्धनले यस्तो प्रतिबद्धता जनाएको हो । गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी मीना लामाले मंगलबार घोषण पत्रमार्फत् योजनाहरु सार्वजनिक गरिने बताइन् ।
‘हामी निर्वाचित भएपश्चात् उपमहानगरभर दशहजार लिटरसम्म खानेपानी नि:शुल्क वितरण गर्नेछौं । न्यूनतम विद्युत पनि नि:शुल्क वितरण गर्ने योजना हाम्रो छ ।’,उनले भनिन् ।

उपमहानगरको १९ वटै वडामा स्वास्थ्य चौकी भवन निर्माण गरी डाक्टरसहितको स्वास्थय सेवा उपलब्ध गराइने गठबन्धनबाट उपमेयरका उम्मेदवार राजेश बानियाँले बताए ।

‘चिकित्सा स्वास्थ्य अध्ययन गर्ने विद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराउनेछौं । गठबन्धनले प्रत्येक वडामा मिनी रंगशाला, कभर्ड हल, व्यामशाला र पुस्तकालय निर्माण गर्नेछौं ।’, बानियाँले भने,‘हाम्रो नगर युवा, बालबालिका तथा महिलामैत्री घोषणा गर्नेछौं ।’
उनले हेटौंडाको मुख्य ऐजेण्डाको रुपमा रहेको सडक फराकिलो बनाउने विषय संघीय सरकारसँग समन्वय गरी बजारबासीको चित्त बुझाएर हल गर्ने योजना गठबन्धनमा रहेको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार