Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गढीमा स्वास्थ्य शिक्षा र रोजगारीलाई प्रथमिकता दिने गठबन्धनको प्रतिवद्धता

dorje-lama-1024x768-1651624869.jpg

२१ बैशाख, हेटौंडा । मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार दोर्जे लामा स्याङ्तानले स्वास्थ्य शिक्षा र रोजगार जीवनको आधार भन्ने भावलाई पूर्णता दिने बताएका छन् ।
आसन्न स्थानीय तह निर्वाचनको लागि सत्तारुढ गठबन्धनबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार लामाले मंगलबार वडा नम्वर २ को गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै शैक्षिक सुधार, स्वास्थ्यमा सेवा वृद्धि, दैनिक जीवनमा आइपर्ने जीवनस्तरका कुरामा आफु संधै जनतासामु भइरहने बताएका हुन् ।
उनले वडा नम्वर २ मा ‘एक घर, एक धारा’ को अवधारणा लागू गरिनुका साथै पशुपालन÷कृषि क्षेत्रमा आधुनिकिकरण गरिने बताए । उनले महिला, बालबालिका तथा युवा लक्षित कार्यक्रम ल्याइ महिला उद्यमीका कार्यक्रमहरु संचालनमा ल्याउने बताए ।
यस्तै, उपाध्यक्ष पदका उम्मेदवार मानकुमारी पाख्रिन (नेपाली )ले जनताको भावना अनुरुप र गाउँपालिका बासीहरुको जनअपेक्षामा रहेर काम गर्ने बताइन् । उनले लोकतन्त्र र गणतन्त्रलाई टिकाउनुका साथै जारी संविधानको रक्षाको लागि अहिले गठबन्धनले जित्नु आवश्यक रहेको भन्दै सबैलाई गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेकी छन् ।
यस्तै, नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार बखान सिं पाख्रिनले वडामा बाँकी गर्नुपर्ने धेरै काम रहेकाले पुनः वडाध्यक्षमा मतदान गरी विजयी गराउन आग्रह गरे । उनले अब निर्वाचित पश्चात् वडामा नागरिकता बनाउँदा राजस्व छुट, जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य विमा गरिनुका साथै कृषि तथा पशुपालनमा आधुनिकिकरण गरिने र वडाका विकास निमार्णका काम थप विस्तार गरिने बताए ।
वडा नम्वर २ का वडा सभापति रामप्रसाद पुडासैनीको अध्यक्षता तथा माओवादी केन्द्रका जिल्ला सचिव भीम पाख्रिनको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गठबन्धन चुनाव प्रचारप्रसार समितिका संयोजक यतिराज सापकोटा, माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेदवार जीतबहादुर लो, साङ्गे छोइलिङ बौद्ध गुम्बाका प्रमुख लामा जीत दोर्जे लामालगायतले मनतव्य व्यक्त गरेका थिए ।
चुनावी सभामा कांग्रेसका महासमिति सदस्य सुवात सिं थिङ्, जिल्ला सदस्य राजकुमार गोले, पालिका सभापति राजवीर मुक्तान, माओवादी केन्द्रका पालिका अध्यक्ष राजकुमार खड्का, वरिष्ठ उपाध्यक्ष युवराज सापकोटालगायत गठबन्धनका विभिन्न भातृ संगठनका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार