२१ बैशाख, हेटौंडा । कैलाश गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेद्वार लोक बहादुर मुक्तान र उपाध्यक्ष पदका उम्मेद्वार बाल कुमार मल्ल ठकुरी आफ्ना योजनाहरु सहित स्थानीयको घर–घरमा पुगेका छन् ।
उनीहरुले त्यहाँका जनतालाई आफ्नो टिम निर्वाचित भएपछि गाउँपालिकामा गर्ने विकास सम्बन्धि योजनाहरुको बारेमा जानकारी गराएका छन् । व्यावसायिक कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, सिंचाई, विद्युत, सञ्चार, उद्योग, पर्यटन, सिप र रोजगार, खेलकुद लगायतका क्षेत्रमा पाँच वर्ष भित्रमा आफुहरुले गर्ने योजनाका सम्बन्धमा मतदातालाई जानकारी गराएको अध्यक्ष पदका उम्मेद्वार लोक मुक्तानले बताए । ज्येष्ठ नागरिक, एकल महिला, अशक्त तथा अपाङ्गता भएका नागरिक समेतलाई समेट्नेगरि आफ्नो टिमसँग विशेष योजना रहेको उनले बताए ।
घर–घर पुगेका गठबन्धनका उम्मेद्वारहरुले आफुले पाँच वर्षमा गर्ने कामसम्बन्धि योजनासँगै मतदाता शिक्षा पनि दिएका छन् । उनीहरुले मतदाताहरुबाट प्राप्त मत खेर जान नदिन मत हाल्ने तरिकाका सम्बन्धमा स्थानीयलाई नमुना मतपत्रमा आँफै भोट हाल्न लगाएर भोट हाल्ने तरिका सिकाइरहेको उपाध्यक्ष पदका उम्मेद्वार बाल कुमार मल्ल ठकुरीले बताए । मतदाता शिक्षाका लागि प्रत्येक वडामा स्वयंसेवकह खटाइएको उनले बताए ।
आफ्नो चुनावी अभियानलाई तिव्रता दिएको गठबन्धन टिमले पहिलो चरणमा कैलाश गाउँपालिकाका सबै वडा पुगि घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । आज बुधबारदेखि मतदाता शिक्षालाई विशेष प्राथमिकता दिदै दोस्रो चरणका कार्यक्रम सुरु गरिएको अध्यक्ष पदका उम्मेद्वार लोक बहादुर मुक्तानले जानकारी दिए ।
आज कैलाशका वडा नम्वर ५ र ६ का गोगने, पकनी लगायतका ठाउँमा पुग्ने कार्यक्रम रहेको उनले बताए । कैलाश गाउँपालिकामा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका लोक बहादुर मुक्तान अध्यक्ष पदमा र नेकपा माओवादी केन्द्रका बालकुमार मल्ल ठकुरीले उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका थिए । चुनावी अभियानका क्रममा दुवै दलका उम्मेद्वारले संयुक्त रुपमा घरदैलो कार्यक्रम गरिरहेका छन् ।
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









