Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जेष्ठ नागरिकका लागी पोषण कार्यक्रमको व्यवस्था गर्छुः दोर्जे लामा स्याङतान

279689887_410285550599476-1651654916.jpg

२१ बैशाख, हेटौंडा । मकवानपुरगढी गाउँपालिकाका गठबन्धनका उम्मेदवार दोर्जे लामा स्याङ्तानले गठबन्धनले जितेको खण्डमा जेष्ठ नागरिक पोषण कार्यक्रम ल्याई कार्यान्वय गरिने बताएका छन् ।  
बुधबार वडा नम्बर ४ मनकामनामा गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले पोषण कार्यक्रम लागु गरिनुका साथै वडा बाटै जेष्ठ नागरिक भत्ता उपलब्ध गराउने बताएका छन् । उनले गठबन्धनले धेरै बोल्ने नभई धेरै काम गर्ने बताए ।  
गाउँपालिकामा शुन्य भष्ट्रचार, पारदर्शिक कार्यक्रम हुनुका साथै पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रमा सबैको पहुँच पुग्ने गरि काम गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।  पालिकासँग सबै वडाको सडक सञ्जाल जोडिनुका साथै मनकामना क्षेत्रमा उत्पादित तरकारी तथा फलफुललाई कोशेली घर निर्माण गरि विक्री वितरण गराउने वातावरण सिर्जना गरिने बताए ।  
सभालाई सम्बोधन गर्दै उपाध्यक्ष पदका उम्मेदवार मानकुमारी पाख्रीनले गठबन्धनको जीत निश्चित रहेको दावी गर्दै मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउँनुपर्ने बताइन् । उनले अघिल्लो सरकारले वडा नम्बर ४ लाई पछाडी पारेको भन्दै अब निर्वाचित भए पश्चात वडाको विकासमा गठबनधन सरकार लाग्ने प्रतिवद्धता व्यक्त गरिन् ।
वडा नम्बर ४ का कांग्रेसका अध्यक्ष पदका उम्मेदवार देवनारायण लामिछानेले आफ्नो पहिलो प्राथमिकता पर्यटन, कृषि र पशुपालन रहेको बताए । उनले आर्थिक कमजोर भएकाको बिमा, तीन सयलाई रोजगारको व्यवस्था, कृषि र पशुपालनमा अनुदानको व्यवस्था, आफुले पाउने सरकारी सेवा अक्षय कोष खडा गरि छात्राहरुको शिक्षण तथा स्वास्थ्य क्षेत्रमा खर्चिने बताए । 
त्यस्तै, माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेदवार हेम बहादुर योन्जनले अरुले कुरा धेरै गर्छन आफु काम धेरै गर्ने दृढ संकल्पले लागेको हुनाले मतदान गरि विजयी गरिदिन आग्रह गरेका थिए । 
४ नम्बर वडा सभापति सुवास सापकोटाको अध्यक्षता तथा माओवादी केन्द्र जिल्ला सचिव भीम पाख्रीनको प्रमुख अतिथ्यतामा भएको सभामा गठबन्धनका चुनाव प्रचारप्रसार समिति संयोजक यतिराज साकोटा, माओवादीका नेता प्रह्लाद लामिछाने, कांग्रेस नेता राप्रसाद घिमिरेले आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रममा कांग्रेसका प्रतिनिधि सभा क्षेत्र २ का सचिव बलराम घिमिरे, महासमिति सदस्य सुवात सिं थिङ, माओवादी केन्द्रका पालिका अध्यक्ष राजकुमार खड्का, कांग्रेसका पालिका कोषाध्यक्ष आकाश गोले, नेता गोपी अधिकारी, शीवप्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार