Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा-८ का गठबन्धनका साझा उम्मेदवार राम थापाको ५ अपिलमा राजनैतिक संस्कार

Screenshot_20220505-10283-1651725866.jpg

२२ बैशाख, हेटौंडा । यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत हेटौंडा-८ मा  नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राप्रपाका तर्फबाट वडाध्यक्षका साझा उम्मेदवार राम थापाले मतदातालाई ५ वटा अपिल गरेका छन्।
सामाजिक संजाल फेसबुकमा अपिल जारि गर्दै वडाध्यक्षका उम्मेदवार थापाले निर्वाचन तथा प्रचारप्रसारलाई व्यवस्थित र मर्यादित बनाउन अपिल गरेका हुन। विपक्षीहरुले निर्वाचन आचारसंहिता उलंघन गरेको समाचार सार्वजनिक भइरहेको बेला उनले भने अपिल सार्वजनिक गर्दै आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्वाचनको आचारसंहिता पुर्ण रुपमा पालना गर्न आग्रह गरेका छन् । 
उनले साना साना बालबालिकालाई र्यालिमा सहभागी नगराउन भनेका छन् भने विपक्षी दलहरुलाई सम्मान गर्न अनुरोध गरेका छन् । पेसाले सब ओभरसियर थापाले लेख्दै घरदैलो गर्दा कुनै राजनीतिक दल सङ्ग कार्यक्रम जुध्न गए आफ्नो निर्धारित कार्यक्रमलाई रोकिदिन अनुरोध गरेका उम्मेदवार थापाले बिपक्षी दलहरुलाई उत्तेजनामा ल्याउने कुनै पनि अराजनीतिक  गतिविधि नगर्न र नगराउन सबैलाई आग्रह गरेका छन् ।
उम्मेदवार थापाले गरेको अपिलले उनको चर्चा थप चुलिएको छ । उनको अपिललाई स्वागत योग्य भन्दै कमेन्ट गरिएको छ ।
उनको अपिलमा कमेन्ट गर्दै विष्णु रोयल लेख्छन, "प्रजातन्त्रको सुन्दरता भनेकै बेग्लै बिचारलाई सम्मान गर्नु हो ।"अरुको अस्तित्वलाई स्विकार्दै मैत्रीपुर्ण प्रतिस्पर्धा बाट जन मन जिति सर्वजन हिताय सर्वजन सुखायको निम्ति प्रतिबद्ध हुनु हो ! राम भाई निर्वाचन हो यहाँ विवेक बन्धक राखेका कमाराहरुको बर्चस्व बढी भएकोले यसै भन्न सकिन्न तर राजनैतिक संस्कार र लोकतन्त्रलाई बोलिलेमात्र  हैन व्यबहारले कर्ममा उतार्ने उम्मेदवार यस  वडाले कहिले पाएको थिएन!तपाईलाई साधुवाद विजयको शुभकामना !!!!"
उनको विचार र स्वभाव र आचारणालाई समर्थन गर्दै ८ नम्बर बाटै वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका अर्जुन ढुङ्गेलले समेत थापाको टिमलाई समर्थन गर्ने निर्णय गरिसकेका छन्।उनीसँगै वडासदस्यमा उम्मेदवारी दिएकाहरु योग्य  भएका स्थानीयले बताएका छन् । थापा नेतृत्व गठबन्धनले केही दिन अघिनै चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरिसकेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार