Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

थाहामा गठबन्धन थप कसिलो बनाउन पाँच बुँदे सहमति

Screenshot_20220505-12173-1651732744.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा गठबन्धन थप कसिलो बनाउन पाँच बुँदे सहमति गरिएको छ ।
गठबन्धनका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बीच गठबन्धनका उम्मेदवारलाई जिताउन र चुनावी अभियानलाई थप प्रभावकारी बनाउन बुधबार बसेको संयुक्त बैठकले पाँच बुँदे सहमति गरेको हो । 
थाहामा गठबन्धनबाट माओवादी केन्द्रका बिष्णु बिष्ट मेयरमा र उपमेयरमा कांग्रेसका भरत गोपाली उम्मेदवार बनेका छन् । १२ वटा वडा रहेको थाहामा वडागत रुपमा १२ नम्बरमा मात्र गठबन्धन भएको छ । यसअघि वडामा मित्रवत् प्रतिस्पर्धा गर्ने र मेयर, उपमेयरमा संयुक्त प्रचारप्रसारमा जुट्ने गरी दलहरुबीच सहमति भइसकेको छ ।
कांग्रेस थाहा नगर समिति कार्यालयमा बसेको बैठकले प्रतिगमनको विरुद्धमा एक हुँदै प्राप्त उपलब्धीहरुको रक्षा गर्न गठित ५ दलीय गठबन्धनमा रहेका दलहरु बीच स्थानीय निर्वाचनमा भएको गठबन्धन उपलब्धी मूलक बनाउने केन्द्रीय गठबन्धनको निर्णय अनुसार अगाडी बढ्ने निर्णय भएको कांग्रेस नगर सभापति प्रमोद जोशीले बताए । 
बैठकमा थाहामा गठबन्धनबारे घरघरमा बुझाएर प्रभावकारी कार्यान्वयन गर्ने गराउने, गठबन्धनको निर्णय भए बमोजिम थाहा नगरको प्रमुखमा बिष्णु बिष्ट र उपप्रमुखमा भरत गोपालीलाई विजयी गराउन साझा कार्यक्रम गरी सक्रिय हुने निर्णय गरिएको छ । 
केन्द्रीय गठबन्धनको नीति विपरित तथा गठबन्धन भित्रका बाहेक अन्य उम्मेदवार र दललाई कुनै प्रकारको सहयोग नगर्ने, प्रचार प्रसारका क्रममा, समाजिक सञ्जालहरुमा र सञ्चार माध्यमहरुमा विचार धारणा सम्प्रेषण गर्दा गठबन्धनको मर्म विपरित अभिव्यक्ती नदिने र गठबन्धनको केन्द्रिय नीतिअनुसार गठबन्धनमा रहेका अन्य दलहरुबीच पनि निरन्तर वार्ता संवाद गरी प्रतिगमतविरुद्धको साझा अभियान अगाडि बढाउने सहमति भएको माओवादी केन्द्र थाहा नगर कमिटी अध्यक्ष बिनोद लामा थिङले जानकारी दिए । 
नगरमा पछिल्लो अवस्थाबारे जानकारी लिएर सबै दलहरुको सहकार्यमा एकतालाई प्रभावकारी बनाउने र निरन्तर छलफल गरी थप गृहकार्य गर्ने विषयमा पनि छलफल भएको लामाले बताए । बैठकमा कांग्रेसबाट सभापति प्रमोद जोशी, माओवादी केन्द्रबाट अध्यक्ष बिनोद लामा थिङ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष सानुकाजी गोपाली र जनता समाजवादी पार्टीबाट सुजन तामाङको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार