Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

थाहानगर प्रमुख बिष्टद्वारा राजिनामा

labasher-1651739685.jpg

२२,बैशाख,हेटौंडा। मकवानपुरको थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टले राजिनामा दिएका छन्।बिहीबार दिउँसो प्रमुख बिष्टले उपप्रमुख खड्ग बहादुर गोपालीसमक्ष राजिनामा दिएका हुन्। 
“दल छोडी पद,पद छोडी दल”भन्ने रुपचन्द्र बिष्टको भनाइलाई मनन गर्दै आफुले राजिनामा दिएको बिष्टले बताए।साथै यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको चुनाव प्रचारप्रसारमा लाग्न निर्वाचन आचारसंहिता अनुसार नमिल्ने भएकोले राजिनामा दिएको नगरप्रमुख बिष्टले बताउनुभयो ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य समेत रहनुभएका बिष्ट गठबन्धन अन्तरगत माओवादी केन्द्रका तर्फबाट नगर प्रमुख पदका आधिकारिक उमेद्वार बिष्णु बिष्ट ‘आदर्श’, कांग्रेसको तर्फबाट उपप्रमुख पदका आधिकारिक उमेद्वार भरत गोपाली लगायतका उमेद्वारहरुलाई बिजयी गराउनका लागि प्रचारप्रसार तथा चुनावी सभाको सम्बोधन गर्नुहुनेछ ।
बिष्ट नेतृत्वको  ५ बर्षे कार्यकालमा थाहानगरको विकासमा ठुलो फड्को मारेको थियो । यही बिकासलाई निरन्तरता दिन र बाँकी रहेका कार्यहरुलाई सम्पन्न गर्न माओबादी केन्द्र लगायत गठबन्धनका उमेद्वारहरुलाई बिजयी गराउन बिष्टले अनुरोध समेत गरे। 
बिष्टले आफ्नो कार्यकालमा थाहा नगरलाई देशकै उत्कृष्ट स्थानीय तहको रुपमा परिचित गराउनुभएको थियो । सोही कार्यकालमा थाहा नगर वित्तीय समानीकरण अनुदान प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारको गरेको कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट र बेरुजु फछ्र्यौट गर्ने विषयमा पनि देशकै सर्वोत्कृष्ट स्थानीय तह घोषित भएको थियो ।
बिष्टले अब आफू निर्धक्क भएर पार्टीको चुनाव प्रचारमा हिड्ने बताउदै गठबन्धन उमेद्वारहरुलाई बिजयी गराउन लागिपर्ने बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार