Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

स्नातकोत्तर अध्ययन गरेकी मिना हेटौंडाको मेयरको उम्मेदवार

20190111231402_IMG_0468-1651741920.JPG

२२ बैशाख,हेटौंडा। यहि हुन गरिरहेको स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत  हेटौंडा उपमहानगरपालिकाको प्रमुख पदकी उम्मेदवार मीनाकुमारी लामा यतिबेला चुनावी अभियानमा व्यस्त छिन्। पाँच दलीय गठबन्धनले लामालाई उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवार बनाएको हो ।
 नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, तथा राष्ट्रिय जनमोर्चाबाट साझा उम्मेदवार बनेकी लामा एकीकृत समाजवादी मकवानपुरकी उपाध्यक्ष समेत हुन् । 
हेटौंडा उपमहानगरपालिकामा एक कार्याकाल उपप्रमुखको जिम्मेवारी इमान्दारी तथा कुसलतापूर्वक ढंगबाट पूरा गरेकी मीना उपमहानगरमा नेतृत्व लिने दौडमा यतिबेला होमिएकी छिन् । हेटौंडा उपमहानगरको विभिन्न वडाका टोलटोलमा पुगेकी उनलाई अब प्रमुख बनेर सिंगो उपमहानगरको विकास गर्नका लागि शुभेच्छा प्रकट गरिरहेका छन् । विगतमा सफलतापूर्वक आफूले कार्य सम्पादन गरी जनताको मनमा बस्न सफल भएकाले चुनाव जित्नेमा उनी विश्वस्त छिन् । 
बुवा शुक्रवीर लामा र आमा सीतादेवी लामाको जेठी छोरीको रुपमा २०३३ साल पुष २७ गते हेटौंडा उपमहानगरपालिका वडा नम्ब ११ नवलपुरमा मीनाको जन्म भएको हो ।  उनको बाल्यकाल साधारण रुपमा बित्यो । विंसं.२०४६ सालबाट विद्यार्थी जीवनमै राजनितीमा उनले पाइला चालेकी हुन् । हेटौंडा उपमहानगरपालिका वडा नम्ब ११ नवलपुर स्थित त्रिभुवन माविबाट एसएलसी गरेकी लामाले मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एमए र हरी खेतान बहुमुखी क्याम्पस वीरगन्जबाट एलएलबीसम्मको अध्ययन गरी राजनीतिक यात्रालाई सशक्त रुपमा अगाडी बढाइन् । 
उनले वि.सं.२०५२ मा अनेरास्ववियू मकवानपुरको जिल्ला कोषाध्यक्ष भई काम गरिन् । राजनितीसँगै अध्ययनलाई अगाडी बढाउदै गरेकी लामाको २०५४ असार १३ गते सामाजिक परम्परा अनुसार हेटौंडा १ चाइनाक्वाटरका सुनकुमार लामासंग विवाह भयो । मीनालाई उनका श्रीमान् तथा घरपरिवारको राम्रो साथ सहयोग प्राप्त भयो । श्रीमान् तथा घरपरिवारको साथ सहयोगबाटै मीनाले अध्ययन, राजनीति र पारिवारिक जीवनलाई सफलतापूर्वक अगाडी बढाइरहिन् । 
दुई सन्तान छोरा सुमित लामा र छोरी स्वेच्छा लामाकी आमा मीनाले आफ्ना सन्तानलाई पालन पोषण, सासु–ससुराको रेखदेख, परिवार सजावटको अलावा राजनीतिलाई संगसंगै लैजान सफल बनिन् । जागिर, घर, सन्तान तथा राजनीति संगै अघि बढेकी मीना २०७१ सालमा तत्कालीन एमाले मकवानपुरको उप–सचिव र विद्यार्थी इन्चार्ज भई सफलतापूर्वक आफ्नो जिम्मेवारी बहन गरिन् । उनी २०७१ सालमा अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला सचिव बनिन् । २०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघको केन्द्रीय सदस्य, आदिवासी जनजाति जिल्ला समन्वय समिती मकवानपुरको उपाध्यक्ष भई पदीय जिम्मेवारी सम्हाल्न पूर्ण रुपमा सफल भइन् । 
मीनाले २०७४ सालको स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको उप–प्रमुखमा भारी मतले विजय हासिल गरेकी थिइन् । उपमहानगरभरका महिला दिदीबहिनीहरुको समस्या र गुनासोलाई सम्बोधन गर्न पाउँदा आफूलाई निक्कै गौरवबोध हुने उनी बताउँछिन् । यसो हुनुको कारण उनले बालविकासको क्षेत्रमा दश वर्ष कार्य गरेकी थिइन् । बालबालिका तथा महिलाका क्षेत्रमा काम गरेको भएर पनि हुनसक्छ उनीहरुको हरेक सुख, दुखले आफूलाई निक्कै छुने गरेको उनी बताउँछिन् । 
सन् २०१८ देखि लाइन्स क्लब अफ पाथिभराको सदस्य बनेकी मीना विभिन्न सामाजिक संघसंस्थामा पनि उत्तिक्कै रुपमा क्रियाशील रहेकी छिन् । नेपालको छिमेकी देश चीन, भारत र कोरियाको भ्रमण गरेकी लामालाई विभिन्न देशले अबलम्बन गरेका विकास नीतिलाई आफ्नो ठाउँमा पनि कार्यान्वयन गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । सामाजिक क्षेत्रमा लागेको अनुभव, राजनीतिक क्षेत्रमा आफूले निर्वाह गरिरहेको भूमिका, घरपरिवार, बालबालिका, महिला सबै क्षेत्रबाट पाइरहेको हौसलाले आफू चुनाव जित्छु भन्नेमा उनी विश्वस्त छिन् । ‘उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट मलाई उम्मेदवार बनाइएको छ । मैले जित्नु भनेको सबै उपमहानगरका दिदि बहिनीले जित्नु हो, यहाँका दाजुभाईको चेलीले जित्नु हो ।’ उनी भन्छिन्,‘हेटौंडा उपमहानगरपालिकामा विजयी भएपछि गठबन्धनका तर्फबाट गरिएका वाचाहरु पूरा गर्नेछु, साझा सल्लाह, सहमतीमा अघि बढ्नेछु । मत हाल्नेको मत खेर जान दिनेछैन, इमान्दारपूर्वक नगरबासी सम्झदै कार्य सम्पादन गर्नेछु । ’


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार