२३ बैशाख, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनको चुनावी प्रचार जारी रहेको छ । विभिन्न वडाहरुमा घरदैलो तथा अगुवा कार्यकर्ता भेटघाट गर्दै गठबन्धनका उम्मेदवारले विहीबार भने वडा नम्बर ११ ठिङगनको वाईवालोसेमा संयुक्त चुनावी सभा गरेको छ ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार धर्मराज लामिछानेले कान्तिराजपथ सँग जोडिएको यस वडालाई कृषि, पर्यटनको विकासका साथै थप सडक सञ्जाल जोडेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
गठबन्धन बलियो भएकाले जीत सुनिश्चित रहेको बताउँदै लामिछानेले वडामा रहेका युवालाई युवा लक्षित कार्यक्रमहरु ल्याई स्वरोजगार बनाउन आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
विजुली बत्ति, खानेपानी, शिक्षा तथा स्वास्थ्यका क्षेत्रको सेवाको विस्तार गर्ने र गाउँपालिकालाई आर्थिक समृद्धिको दिशातर्फ लैजाने उनको भनाई छ ।
कार्यक्रमलाई उपाध्यक्ष पदका उम्मेदवार भक्त बहादुर खत्रीले गठबन्धनको जीत नजिक रहेकोले अब गाउँपालिकामा विकासको लहर सबै वडाहरुमा हुने बताए ।
कार्यक्रममा वडा अध्यक्ष पदका कांग्रेसका उम्मेदवार गोपाल न्यासुर, सदस्य पदका उम्मेदवारहरुले आफ्नो वडा बनाउनको लागि प्रतिवद्धता व्यक्त गर्दै आफ्नो भनाइ राखेका थिए । उम्मेदवारहरुले वडा नम्बर ६ सुदामा समेत घरदैलो गरेका छन् ।
घरदैलो सहित बकैयामा मतदाता शिक्षा समेत दिइदैं आइएको छ । तामाङ समूदाय बढी रहेकाले तामाङ भाषामा समेत मतदाता शिक्षा दिएको प्रदेश (क) सचिव भूमिनन्द गौतमले बताए ।
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...




-1791939176.jpg)













