Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जिम्बाब्वे ‘ए’ विरुद्धको दोस्रो खेलमा नेपालको शानदार जित

criket-2-1651969309.jpg

२५ बैशाख, हेटौंडा । भ्रमणकारी टोली जिम्बाब्वे ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले शनिबार ९ विकेटको शानदार जित निकालेको छ ।  
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सम्पन्न दोस्रो एक दिवसीय खेलमा नेपालले जिम्बाब्वे ‘ए’ लाई ९ विकेटले हराउँदै शृंखला बराबरी गरेको छ । जिम्बावे ‘ए’ ले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेटको क्षतीमा ८९ बनाउदै लक्ष्य पूरा गरेको हो । 
नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८ रन बनाउँदा आसिफ शेखले अविजित ३४ रन जोडे । विनोद भण्डारी ४ रनमा अविजित रहे । बलिङ तर्फ जिम्बावे ‘ए’ का ब्राण्डन माभुताले १ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वे ‘ए’ ३१.१ ओभरमा अलआउट भएको थियो । खराब ब्याटिङ गरेको जिम्बाब्वे ‘ए’ ले सबै विकेट गुमाएर मात्र ८७ रन जोड्न सफल भएको थियो । 
नेपाली बलरको किफायती बलिङ गरेको खेलमा जिम्बावे ‘ए’ का लागि जोनाथन क्याम्पबेलले २७ रन बनाउँदा ब्राड इभान्स २० रन अविजित रहे । सेफासले १० तथा लुक जोग्वेले ८ रन बनाएका थिए । कसिलो बलिङ गरेको नेपालका सोमपाल कामी र करण केसीले ३÷३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा  सागर ढकालले १ विकेट लिए ।
यस जितसँगै नेपालले पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ । यस अघि शुक्रबार भएको पहिलो खेलमा जिम्बावे ‘ए’ ले नेपाललाई ३ विकेटले हराएको थियो । यससँगै नेपालले तीन खेलको शृंखला १–१ को बराबरी समेत गरेको छ । अन्तिम तथा निर्णायक एकदिवसीय खेल सोमबार हुनेछ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय शृंखलाको तयारीमा स्वरूप नेपालले जिम्बाब्वे ए सँग शृंखला खेलिरहेको हो । यस अघि भएको तीन खेलको ट्वान्टी–२० शृंखला १–१ को बराबरीमा सकिएको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार