२५ बैशाख,हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाको ७ नम्बर वडामा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका युवा नेता चन्द्रलाल थिङ क्षितिजले कांग्रेसका आधिकारिक उम्मेदवार उदास लामा ब्लोनलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
आइतबार कांग्रेसका नेताहरुसहित भएको छलफलका बीच क्षितिजले आफ्नो उम्मेदवारी फिर्ता लिँदै आधिकारिक उम्मेदवारलाई सघाउने घोषणा गरेका हुन् । कांग्रेस निकटको खेलकुद संघका कैलाश गाउँपालिका संयोजक समेत रहेका युवा नेता थिङले आजैबाट उदास लामा र प्यानललाई जिताउन लागिपर्ने बताए ।
"टिकट वितरणको क्रममा असन्तुष्टि जनाउँदै मैले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएको थिएँ । हामीबीच केही पनि नराम्रो थिएन र छैन पनि । आज पार्टीका आधिकारिक उम्मेदवार तथा कांग्रेसका नेताहरुसंग हामीले सहमति गरेका छौं । म जिम्मेवार पदमा रहेको व्यक्तिले पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन लाग्नु मेरो दायित्व हो"- थिङले भने।आफ्नो वडामा कांग्रेसका आधिकारिक उम्मेदवारलाई कसैले हराउन नसक्ने उनको दावी थियो ।
वडाध्यक्षका उम्मेदवार लामाले युवा नेता क्षितिजको योजनालाई समेत समेट्दै अघि बढ्ने प्रतिबद्धता जनाए । "चुनावी अभियानको अन्तिममा आएर भएपनि स्वतन्त्र उम्मेदवारी दिनुभएका नेताले आफ्नो उम्मेदवारी फिर्ता लिँदै म र मेरो टिमलाई सहयोग गर्नुभएको छ । यो कार्यका लागि पहल गर्ने सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु", उम्मेदवार लामाले भने ।५ बर्षमा केही राम्रा काम गरेको दावी गर्दै उनले जितेमा आफ्ना अधुरा योजना पूरा गर्न लागिपर्ने प्रतिबद्धता जनाएका थिए।
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...




-1791939176.jpg)













