Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरमा आचारसंहिताः कर्मचारीदेखि पत्रकारसम्मले उल्लंघन

Nirwachan-1652084349.jpg

२६ बैशाख, हेटौंडा । बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा मकवानपुरमा आचारसंहिता उल्लंघनका घटना बढिरहेका छन् । निर्वाचन नजिकिंदा राजनैतिक दल चुनावी अभियानमा छन् भने उनीहरुको प्रचारको काममा आचारसंहिता उल्लंघनका घटना बढिरहेका हुन् । 
मकवानपुरमा आचारसंहिता उल्लंघन गर्नेमा दलका नेता, सरकारी कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी र सरकारी सेवा उपभोग गर्ने व्यक्तिदेखि पत्रकारसम्म रहेको पाईएको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघन गर्दै सबैभन्दा बढि सरकारी सेवा सुविधा लिने कर्मचारीहरु दलको प्रचारप्रसारमा हिडेको पाईएको छ । यसपटक पत्रकार पनि आचारसंहिता उल्लंघनमा देखिएका छन् ।
मकवानपुरमा आइतबारसम्म आचारसंहिता उल्लंघन गरेको भन्दै ३३ वटा उजुरी परेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । मकवानपुरमा दैनिक ४–५ वटा आचारसंहिता उल्लंघनका उजुरी आउने गरेको र उनीहरुलाई प्रकृति अनुसार स्पष्टिकरण सोधिएको छ । निर्वाचनमा खटाईएका केही कर्मचारीलाई त आचारसंहिता उल्लंघन गरेको पाइएपछि स्पष्टिकरण लिंदै निर्वाचनबाट फिर्ता बोलाईएको छ । आचारसंहिता उल्लंघनमा विशेष गरी फेसबुकमा उम्मेदवारको प्रचार गर्ने, चुनावी अभियानका फोटो हाल्ने, आफु नै चुनावी अभियानमा संलग्न हुने, आफैंले प्रचार सामग्री बनाएर सामाजिक सञ्जालमा हाल्ने, चुनावी कार्यक्रममा भाषण गर्ने जस्ता गतिविधि भएको पाईएको छ । 
आचारसंहिता उल्लंघनको सूचना दिन संचारमाध्यमले बढि सहयोग गरेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार