Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

परियार हत्याका दोषीलाई कानूनी दायरामा ल्याउन कांग्रेस बागमती प्रदेशको माग

Congress-1652085368.jpg

२६ बैशाख, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश अधिवेशन प्रतिनिधि अनिल परियारको आइतबार राति अज्ञात समुहद्वारा भरतपुरमा धारिलो हतियार प्रयोग गरी भएको हत्याप्रति नेपाली कांग्रेस बागमती प्रदेश समितिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 
बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो अपराधिक क्रियाकलापको प्रदेश समिति निन्दा गर्दै दोषिलाई कार्वाहीको माग गरेका हुन् । विज्ञप्तिमा ‘स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा नेपाली कांग्रेसका जुझारु सदस्य परियारको हत्या हुनु लोकतन्त्र, आवधिक निर्वाचन, वाक स्वतन्त्रताप्रतिको प्रहार मात्र नभई वर्तमान गठवन्धनविरुद्ध समेत प्रहार भएको हाम्रो ठहर छ । नेपाली कांग्रेस र गठबन्धनलाई कमजोर बनाउन गरिएको यस्तो अपराधिक क्रियाकलापको प्रदेश समिति निन्दा गर्दछ ।’–भनिएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश समितिले यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकाय चनाखो रहनुपर्नेतर्फ सचेत गराउँदै निर्वाध ढंगले चुनावी अभियान संचालन गर्दै भयरहित, स्वतन्त्र र निस्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्ने वातावरणका लागि सम्बन्धित सबै पक्षसंग आग्रह समेत गरेको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश समितिले दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार