Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरगढीमा गठबन्धनले जिते भूमिहिनलाई लालपूर्जा, जोखिमयुक्त बस्ती संरक्षण: बानियाँ

Screenshot_20220509-15132-1652090472.jpg

२६ बैशाख, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले संविधानको रक्षा र विकास गठबन्धनले मात्रै गर्ने बताएका छन् ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ डुम्रेकुनामा आयोजित गठबन्धनको चुनावी सभामा बोल्दै बानियाँले  संविधानको विरुद्ध लाग्नेहरूलाई पराजित गरे मात्रै संविधानको रक्षा र विकासको काम अघि बढ्ने बताए हुन् ।
उनले धेरै बोल्ने तर काम नगर्ने पार्टीलाई भोट दिए फेरि पाँच वर्ष पछुताउनुपर्ने अवस्था आउने भएकाले विकास गर्ने र सबैलाई समान व्यवहार गर्ने गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरे ।
नेपाली कांग्रेस जनताको मन मुटुमा बसेको पार्टी रहेकाले जनताको समस्याको समाधान खोज्दै जनताको मनोभावना अनुरुप काम गरिने बताएका थिए । उनले अध्यक्ष पदमा दोर्जे लामा स्याङ्तान र उपाध्यक्ष पदमा मान कुमारी पाख्रीन(नेपाली) जनताको सेवामा सधैं देखिने र भेटिने भएकाले उनीहरूलाई जिताउनुको विकल्प नरहेको बताए ।
गठबन्धनले जित्दै गर्दा मकवानपुरगढीको आर्थिक, सामाजिक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालनका क्षेत्रमा थुप्रै विकास हुनका साथै भूमिहिन नागरिकलाई पुर्जा, नदिजन्य तटबन्धनगरि व्यवस्थित बसोबासको व्यवस्था गरिने समेत बताए ।
कार्यक्रममा अध्यक्षका उम्मेदवार दोर्जे लामा स्याङ्तानले आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेका कार्ययोजनालाई कार्यान्वयन गरि समृद्ध गाउँपालिका निर्माणमा आफ्नो जोड रहने बताए । 
त्यस्तै, उपाध्यक्षका उम्मेदवार मानकुमारी पाख्रीनले समुन्नत गाउँपालिका बनाउन सबै क्षेत्रलाई समेटिएर जनतासँग जोडिएर काम गर्ने बताइन् ।
गढी वडा नम्बर ६ का सभापति केदारनाथ चौलागाईका सभाध्यक्षतामा भएको सभामा निवर्तमान क्षेत्रीय सभापति यतिराज सापकोटा, नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव विष्णु प्रसाद दाहाल, नेकपा माओवादी केन्द्रका गाउँपालिका वरिष्ठ उपाध्यक्ष युवाराज सापकोटा, नेता कृष्णप्रसाद घिमिरे, वडा नम्बर ५ का कांग्रेसका अध्यक्ष पदका उम्मेदवार दिपेश दाहाल, वडा नम्बर ६ का कृष्णप्रसाद बजगाईले आफ्नो भनाई राखेका थिए । 
वडा नम्बर ५ को सिमलटारबाट कालिवन, धादिङ हुदैं भाुलखोलासम्म र वडा नम्बर ६ को झल्लादेखी बागदली,  हुदैं डुम्रेकुनासम्म नेता बानियाँ सहितको गठबन्धनका नेता कार्यकर्ताहरुले घरदैलो तथा र्याली प्रदर्शन गरेका थिए । डुम्रेकुनामा पुगी वडा नम्बर ५ र ६ को संयुक्त चुनावी सभा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार