Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मैले जिते कैलाश विकासमा देशकै नमूना पालिका हुन्छ: मुक्तान

Screenshot_20220509-18262-1652100885.jpg

२६ बैशाख, हेटौंडा । पाँच दलीय गठबन्धनका तर्फबाट कैलाश गाउँपालिकाका अध्यक्ष पदका उम्मेद्वार लोकबहादुर मुक्तानले कैलाशलाई देशकै नमुना र समृद्ध गाउँपालिका बनाउने बताएका छन् । 
घरदैलो कार्यक्रममा उनले भौतिक पुर्वाधारको निर्माण, सडक, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि लगायतका समग्र क्षेत्रको समुचित विकास गरि कैलाश गाउँपालिकालाई देशकै नमुना गाउँपालिका बनाउने बताए ।
उनले तत्कालै गर्ने कामहरुमा चुनिया नामटार हुँदै पालिकाको केन्द्रसम्म पुग्ने पक्कि मोटरबाटाकोे निर्माण गर्ने, डाँडावास– गोगने–डाँडाखर्क–कैलाशबैकुण्ठ जोड्ने पर्यटन मार्गको कालोपत्रे गरिने, कैलाश वडा नम्वर ३ र ५ जोड्ने मोटरबाटोको निर्माण, मनहरि–राक्सिराङ–भार्ता–चन्द्रागिरी हुँदै काठमाण्डु जोड्ने सडक निर्माण, पालिकाको केन्द्र हुँदै भार्ता–सानोडाँडाखर्क–कैलाशबैकुण्ठ सडक कालोपत्रे गर्ने, पालिकाको केन्द्रमा आधुनिक शहरको निर्माण र आगलागि भएको पालिकाको पुरानो भवनमा नयाँ कैलाश सभाहल बनाइने बताए ।
यसैगरी, कृषितर्फ किसानलाई व्यावसायिक कृषिमा लाग्न प्रोत्साहन कार्यक्रम ल्याईने, कृषि योग्य जमिनको चक्लाबन्दी गरि व्यावसायिक कृषि, पशुपन्छि तथा मत्स्य पालन र मौरी पालनमा लाग्ने किसानहरुलाई आधुनिक फार्म निर्माण गर्न अनुदानको व्यवस्था गर्ने, कृषि र पशु बीमा कार्यक्रम कार्यान्वयन गर्ने, व्यवसायिक फार्म सञ्चालन गर्ने किसानलाई निशुल्क तालिमको व्यवस्था गर्ने, माटोको परिक्षण गर्न पालिकाको मुख्य-मुख्य क्षेत्रमा निःशुल्क माटो परिक्षण शिविर सञ्चालन गर्ने र खोला नदीको कटानबाट कृषि योग्य जमिनको संरक्षण गर्न बाँधको निर्माण गर्ने जानकारी दिए । पालिकाका विभिन्न क्षेत्रमा आवश्यकता अनुसार शितभण्डारको निर्माण गरिने, जडिबुटि अनुसन्धान केन्द्रको निर्माण तथा जडिबुटि प्रशोधन उद्योगको स्थापना समेत गर्ने योजना रहेको अध्यक्ष पदका उम्मेदवार मुक्तानले बताए ।
कैलाश गाउँपालिकामा तत्कालै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटिबाट मान्यताप्राप्त प्राविधिक विद्यालयको स्थापना गर्न प्रकृया थाल्ने उनले बताए । शिक्षा क्षेत्रको विकासका लागि चिकित्सा शिक्षा, ईञ्जिनियरिङ, पाइलट लगायतका प्राविधिक शिक्षा पढ्न भर्ना भएका विद्यार्थीलाई प्रोत्साहन छात्रवृत्ति उपलब्ध गराइने, सबै माध्यामिक विद्यालयमा इ–लाइब्रेरी र सुविधासम्पन्न विज्ञान प्रयोगशाला निर्माण गरिने, एसईई दिएका सम्पुर्ण विद्यार्थीलाई पालिकाभित्रै निशुल्क आधारभुत कम्प्युटर तालिमको व्यवस्था, टाढा–टाढाबाट पढ्न आउने विद्यार्थीका लागि छात्रावास, सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिने, गरिब तथा जेहेन्दार छात्र छात्रालाई निःशुल्क उच्च शिक्षा अध्ययनको व्यवस्था गर्ने योजना रहेको अध्यक्ष पदका उम्मेदवार मुक्तानले बताए ।
स्वास्थ्य क्षेत्रको विकासका लागि डाक्टरको सुविधासहितको पालिकास्तरको अस्पताल सञ्चालन गरिने, मृगौला रोगीहरुको लागि निशुल्क डाइलाइसिस सुविधा उपलब्ध गराइने, ज्येष्ठ तथा अशक्त नागरिकका लागि घरमै स्वास्थ्य सेवा दिइने, विपन्न तथा दलित वर्गलाई पालिकाले निशुल्क स्वास्थ्य बीमा गरिदिने, आवश्यकता अनुसार वडाहरुमा एम्बुलेन्सको व्यवस्था गर्ने, नवजात शिशुको पोषण सुरक्षाको लागि दुई हजार रुपैंया पोषण भत्ता उपलब्ध गराइने र धुवाँबाट हुने स्वास्थ्य समस्या अन्त्य गर्न विद्युत पुगेका ठाउँमा एक घर एक विद्युतीय चुलो निशुल्क वितरण गरिने योजना रहेको उनले जानकारी दिए ।
समृद्ध कैलाश निर्माण गर्ने अभियान अन्तर्गत अध्यक्ष पदका उम्मेद्वार मुक्तानले पर्यटन क्षेत्रलाई पनि विशेष प्राथमिकतामा राखेका छन् । सांस्कृतिक विविधता एवम् प्राकृतिक सौन्दर्यको अध्ययन–अवलोकनको लागि नमुना वस्तिको निर्माण गरी आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए । स्थानीय जात, धर्म, संस्कृति र भाषिक विशेषतालाई पवर्द्धन गर्दै पर्यटकलाई आकर्षित गर्ने, स्थानीय पर्यटकीय क्षेत्रहरुको सांस्कृतिक महत्व कायम राख्दै आकर्षक गन्तव्यको रुपमा विकास गर्न पूर्वाधारको निर्माण गर्ने, साहसिक पर्यटन र ट्रेकिङ रुट पुर्वाधारको निर्माण गर्ने, होम स्टेको क्षेत्र तोकि सुविधासम्पन्न होम स्टे सञ्चालनमा ल्याईने तथा स्थानीय संस्कृतिको सम्बद्र्धन र संरक्षण गर्न सङग्रहालय निर्माण गर्ने योजना रहेको उनले बताए ।
कैलाश गाउँपालिकामा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका लोक बहादुर मुक्तान अध्यक्ष पदमा र नेकपा माओवादी केन्द्रका बालकुमार मल्ल ठकुरीले उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका थिए । चुनावी अभियानका क्रममा दुवै दलका उम्मेद्वारले संयुक्त रुपमा घरदैलो कार्यक्रम गरिरहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार