३० बैशाख, हेटौंडा । आज स्थानीय तहको नयाँ नेतृत्व चयन गर्न मतदान हुँदैछ । देशभरका ७५३ वटा स्थानीय तहमा उम्मेदवार चयनका मतदानको सबै तयारी पुरा भएको छ ।
आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले आफ्नो मतदाता नामावली रहेको मतदान केन्द्रमा गई मतदान गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनकालागि आवश्यक सामग्रीसहित १ लाख नौ हजार ८८ कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंसेवक आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनको लागि भौतिक पूर्वाधारसहित सुरक्षाको सम्पूर्ण प्रवन्ध मिलाइ सकिएको आयोगले जनाएको छ । निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २ सय २१ पदमा प्रतिनिधि छनोट गर्न मतदान गर्दैछन् । कुल ३५ हजार २ सय २१ पदमध्ये ३४ हजार ८ सय ८१ पदका लागि १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहनुभएको छ । ३ सय ९० पदमा भने निर्विरोध निर्वाचित भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म आफ्नो नाम भएको मतदान केन्द्रमा गएर मतदान गर्न पाइनेछ । मतदान ७ बजे सुरु हुने भए पनि धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाता पुग्ने क्रम सुरु भइसकेको छ ।
६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाको लागि आज चुनाव हुन लागेको हो । चुनावमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेकामा पुरुष मतदाताको सङ्ख्या ८९ लाख ९२ हजार १० र महिला मतदाताको सङ्ख्या भने ८७ लाख ४१ हजार ५३० छ ।
मेयरमा ७५३, उपमेयरमा ७५३, वडाध्यक्षमा ६ हजार ७४३, महिला र दलित महिला सदस्यमा ६ हजार ७४३ तथा खुला सदस्यमा १३ हजार ४८६ गरी ३५ हजार २२१ पदको लागि मतदान हुन लागेको हो । चुनावमा कुल एक लाख ४५ हजार ११ जना उम्मेदवार छन् । जसमा पुरुष उम्मेदवारको सङ्ख्या ८९ हजार ३१३ र महिला उम्मेदवारको सङ्ख्या ५५ हजार ६९८ छ । अहिलेसम्म ३९० जना निर्विरोध निर्वाचित भइसकेका छन् ।
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...




-1791939176.jpg)













