Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लोकप्रिय मतका साथ एमालेको किल्ला तोड्ने चरणमा कांग्रेसका राजेश बानियाँ

rajesh-baniya1651237195-1652759040.jpg

३ जेठ, हेटौंडा । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचन अन्र्तगत हेटौंडा उपमहानगरपालिकाको मतगणना चलिरहदा गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार बनेका नेपाली कांग्रेसका राजेश बानियाँ पपुलर भोटका साथ अगाडी देखिएका छन् । निर्वाचन अधिकृतको कार्यलय मकवानपुरले उपलब्ध गराएको पछिल्लो मत परिणामको आधारमा कांग्रेसका उम्मेदवार बानियाँले एमालेकी उम्मेदवार सुमित्रा काफ्लेलाई निकै पछि छोडेका छन् । 
विहान ८ बजे प्राप्त मतका आधारमा बानियाँले अर्का प्रतिष्पर्धी काफ्लेलाई ३ हजार भन्दा बढी मतान्तरले पछि पारेका हुन् । बानियाँले ९ हजार ४ सय ६२ मत पाउँदा उपप्रमुखका एमालेका प्रत्यासी काफ्ले ६ हजार ३ सय ५६ मत पाएकी छन् । 
निर्बाचनको अन्तिम परिणाम आइसकेका हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १ मा बानियाँले १ हजार ४ सय १७ मत पाउँदा काफ्लेल १ हजार १ सय ३३ मत पाएकी छन् । यस्तै वडा नम्बर २ मा पनि बानियाँले काफ्लेलाई झन्डै डबल मतले पछि पारेका छन् । यहाँ बानियाँलाई १ हजार २५ मत प्राप्त हुँदा काफ्लेले ५ सय ३५ मत प्राप्त गरेकी छन् । 
यसैगरी वडा नम्बर १८ मा बानियाँले १ हजार ३ सय २४ मत पाउँदा अर्का प्रत्यासी काफ्लेले १ हजार १ सय ७९ मत पाएकी छन् । यस्तै मत परिणाम सार्वजनिक भइसकेको अर्को वडा नम्बर १९ मा पनि बानियाँ काफ्ले भन्दा अगाडी छन् । उनले १ हजार ५ सय ६८ मत पाउँदा काफ्लेले १ हजार ३ सय ८८ मत मात्रै पाईन । 
नेकपा एमालेको गढको रुपमा रहेको हेटौंडा उपमहानगरपालिकामा उपमेयरका उम्मेदवार बानियाँले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले निकै ठूलो मतान्तरले जितेका वडाहरुमा समेत एमालेका उम्मेदवारको भन्दा बढी मत प्राप्त गरेका छन् । 
अहिले गणना भइरहेका वडाहरु ४, ५, ६, १६, १७ मा पनि उपमेयरका उम्मेदवार राजेश बानियाँ एमालेका उम्मेदवार सुमित्रा काफ्ले भन्दा निकै अगाडी देखिएका छन् । उनले पाईरहेको अग्रताले गन्न बाँकी रहेका वडाहरु ७, ८, ९, १०, ११, १२, १३, १४ र १५ मा निरन्तरता पाउँने देखिन्छ । यसो हुँदा एमालेको लाल किल्लाको रुपमा रहेको हेटौंडा उपमहानगरपालिका नेपाली कांग्रेसका उम्मेदवार बानियाँले तोड्ने निश्चित देखिएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार