४ जेठ, हेटौंडा । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको देशभर भइरहेको मतगणना अनुसार अहिलेसम्म ३८९ स्थानको मत परिणाम सार्वजनिक भएको छ ।
७ सय ५१ स्थानीय तहका लागि भएको निर्वाचनमध्ये आज विहान ७ बजेसम्म नेपाली काँग्रेसले १८१ प्रमुख पदमा जित हात पारेको छ भने प्रमुख प्रतिपक्षी नेकपा एमालेले ११६ स्थानमा जीत हात पारेको छ । ८७ वटा नगरपालिका र तीन सय २ वटा गाउँपालिका गरी तीन सय ८९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।
सार्वजनिक मत परिणाम अनुसार पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म ४८ वटा नगरपालिका र एक सय ३३ वटा गाउँपालिका गरी १८१ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ ।
यस्तै कांग्रेसले ४१ वटा नगरपालिकाको उपमेयर, १३२ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १७३ ठाउँमा उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले १ हजार ८ सय ४९ वटा वडाध्यक्ष पद जितेको छ ।
यता दोस्रो स्थानमा रहेको नेकपा एमालेले २५ वटा नगरपालिका र ८५ वटा गाउँपालिका गरी ११० वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले २८ वटा नगरपालिकाको उपमेयर र ८२ वटा पालिकाको उपाध्यक्ष गरी ११० ठाउँमा नै पालिका उपप्रमुख÷उपाध्यक्ष जितेको छ । एमालेले एक हजार ४ सय ४७ वटा वडाध्यक्ष पदमा जित हासिल गरको छ ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले अहिलेसम्म नगरपालिका र गाउँपालिकाको प्रमुख र अध्यक्ष गरी ८० वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै माओवादीले १३ वटा नगरपालिकाको उपमेयर, ७१ वटा गाउँपालिकाको उपाध्यक्ष गरी ८४ ठाउँमा जितेको छ । माओवादीले सात सय ८३ वटा वडाध्यक्ष पदमा जित निकालेको छ ।
नेकपा एकीकृत समाजवादीले एउटा नगरपालिका मेयर, चार वटा गाउँपालिकामा अध्यक्ष, तीन वटा नगरपालिकाको उपमेयर र ९ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । जनता समाजवादी पार्टीले पनि ५ वटा गाउँपालिकाको अध्यक्ष पदमा जित निकालेको छ ।
जनता समाजवादी पार्टीले ५ र अन्य तर्फका १ जनाले प्रमुख पदमा जित हात पारेका छन् । यस्तै उप प्रमुख उपाध्यक्षमा नेपाली काँग्रेसले ४५, एमालेले ३३, माओवादी केन्द्रले १६, एकीकृत समाजवादीले ५ र जसपाले १ स्थानमा जित हात पारेको छ ।
देशभरका प्रमुख र अध्यक्षमा काँग्रेसले अग्रता कायमै राखेको छ । अहिलेसम्म नेपाली कांग्रेस १३१ स्थानमा प्रमुख तथा अध्यक्ष र ११२ स्थानमा उपप्रमुख तथा उपाध्यक्ष पदमा अगाडी देखिएको छ । यस्तै एमालेले भने प्रमुख र अध्यक्षमा ८६ तथा उपप्रमुख र उपाध्यक्षमा १११ स्थानमा अग्रता बनाएको छ ।
यसैगरी माओवाद केन्द्रले प्रमुख र अध्यक्षमा ३७ तथा उपप्रमुख र उपाध्यक्षमा ४४ स्थानमा अग्रता बनाएको छ । यस्तै एकिकृत समाजवादीले प्रमुख र अध्यक्षमा १५ तथा उपप्रमुख र उपाध्यक्षमा १० स्थनाम अग्रता बनाएको छ ।
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...




-1791939176.jpg)













