७ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले पहिलोपटक नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ । स्थानीय तह सदस्य निर्वाचनबाट नेपाली कांग्रेसका राजेश बानियाँ उपमेयरमा निर्वाचित भएपछि नेपाली कांग्रेसले पनि हेटौंडा उपमहानगरपालिकामा नेतृत्वको अवसर पाएको हो ।
लामो समय नेकपा एमालेले नेतृत्व गर्दै आएको नगरमा यसपटक गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार बनेका बानियाँ अत्यधिक मत सहित विजयी भएसँगै नेपाली कांग्रेसले नेतृत्वको अवसर पाएको हो ।
शुक्रबार अवेर सम्पन्न मतगणनाबाट बानियाँ ३२ हजार ५ सय ९३ मत प्राप्त गर्दै विजयी भए । उनले निकट्तम प्रतिस्पर्धी नेकपा एमालेकी सुमित्रा काफ्लेलाई ८ हजार ६ सय ८७ मतले पराजित गरे । प्रतिस्पर्धी काफ्लेले २३ हजार ९ सय ६ मत ल्याइन । यस्तै उपमेयरमा तेश्रो स्थानकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी इन्दीरा डल्लाकाटी (न्यौपाने)ले ५ हजार ४ सय ८६ मत प्राप्त गरिन् ।
‘राजनीति पेशा होइन, समाज सेवा हो’ भन्ने मूल भावनाका साथ राजनीतिमा होमिएका राजेश बानियाँ २०७४ सालको स्थानीय तह निर्वाचनबाट हेटौंडा–५ वडा अध्यक्षका रुपमा निर्वाचित भई कार्य सम्पन्ने गरेका थिए । पिप्लेका स्थायी बासिन्दा रहेका उनी नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर १ (ख) का सभापति समेत हुन् ।
करिब २५ वर्षदेखि विभिन्न संघसंस्थामार्फत् समाजसेवामा सक्रिय उनी २०३६ साल वैशाख २९ गते वुवा वीरेन्द्रबहादुर र आमा नर्वदा बानियाँको सन्तानको रुपमा हेटौंडामा जन्मिएका हुन् । उनी २०५० सालदेखि कांग्रेसमा रहेर सक्रिय राजनीति गरिरहेका छन् । स्थानीय बालज्योति उच्च माध्यामिक विद्यालयबाट एसएलसी पास गरेका बानियाँले मकवानपुर बहुमुखी क्याम्पसबाट वाणिज्य संकायमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन् ।
अमेरिका, क्यानडा युकेजस्ता समृद्धि मुलुकको व्यवसायीक भ्रमण पश्चात् उनले सक्रिय राजनीति गर्ने प्रण गरेका थिए । लामो समय सामाजिक अभियान्ताको रुपमा सक्रिय बानियाँले २०७४ मा वडा अध्यक्ष भएसँगै राज्यबाट प्राप्त सम्पूर्ण सेवा सुविधा उनले विशेष गरी बालबालिकाको क्षेत्रमा खर्च गरेका थिए ।
वडा अध्यक्ष रहँदा ५ बर्षसम्मको सेवा सुविधा उनले शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रमा पनि खर्च गरे । सेवा सुविधाबापत राज्यले उपलब्ध गराएको मासिक २८ हजार ७ सय १० रुपैयाँ तलबमध्ये बालज्योति उमाविलाई मासिक २० हजार र श्री लक्ष्मी आधारभूत विद्यालयमा ८ हजार ७ सय १० रुपैयाँ गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि बानियाँले उपलब्ध गराउँदै आएका थिए ।
उनले वार्षिकरूपमा पारिश्रमिकवापत आउने ३ लाख ४४ हजार ५२० रुपैयाँ नियमित ३ वर्ष स्थानीय बालज्योति माविको ३ कोठे भवन निर्माणको लागि उपलब्ध गराएका थिए । विद्यालयले कक्षा कोठा अभाव भएको जानकारी गराएपछि १५ लाख रुपैयाँ खर्चेर भवन निर्माण गरिदिएको बानियाँले बताए । स्वास्थ्य उपचारको लागि सहज होस भन्दै सामुदायिक प्रहरी सेवा केन्द्रलाई उनले एम्बुलेन्स हस्तान्तरण गरे ।
एम्बुलेन्स खरिदको लागि १४ लाख ५० हजार रुपैयाँ खर्चेको उनी बताउँछन् । उनले व्यक्तिगत खर्चमा वडावासीको १ सय २५ भन्दा बढी आर्थिक रुपमा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिएका छन् । उनले तरुण दल र अन्य भातृ संगठनमा रहेर काम गरेको अनुभव बटुलेका छन् । उनी २०६८ सालमा कपडा व्यवसायी संघ मकवानपुर र लायन्स क्लबको संस्थापक अध्यक्षसमेत हुन् ।
पिप्ले युवा क्लबको अध्यक्ष हुँदा उनले पिप्ले क्याम्पा रंगशालाको काम अगाडि बढाएका थिए । ‘पिप्लेक्याम्पा रंगशालाले अहिले एउटा स्वरुप लिएको छ ।
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

















