८ जेठ, हेटौंडा । थानीय तह सदस्य निर्वाचन २०७९ अन्र्तगत वैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित भएका कैलाश गाउँपालिकाका जनप्रतिनिधिहरुलाई शनिवार पद तथा गोपनियताको सपथग्रहण गराइएको छ ।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले उपाध्यक्ष बालकुमार मल्ल ठकुरीसहित दश वटै वडाका वडा अध्यक्ष र सदस्यहरुलाई सपथ गराएका हुन् । यसअघि गाउँपालिकाका अध्यक्ष मुक्तानले गएको बिहिबार मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठबाट सपथ लिएका थिए । बिहिबारनैं उनले गाउँपालिका पुगेर कार्यभार सम्हाले थिए ।
सपथग्रहण कार्यक्रममा गाउँपालिकाका निर्वतमान अध्यक्ष टंक मुक्तान, प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, निर्वाचन अधिकृत मुकुन्दहरी पौडेल लगायत राजनीतिक दलका स्थानीय नेताहरुको उपस्थिति थियो । निर्वाचन अधिकृत पौडेलले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गरे ।
निर्वाचनबाट पालिकामा सत्तापक्षीय गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका लोकबहादुर मुक्तान अध्यक्षमा र नेकपा माओवादी केन्द्रका बालकुमार मल्ल ठकुरी उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
वडातहमा भने गठबन्धनमा रहेका दलहरुविच मित्रवत प्रतिस्पर्धा भएको थियो । दश ओटा वडामध्ये नेपाली कांग्रेसले वडा नम्वर १, २, ७, ८ र ९ को वडा अध्यक्षमा विजय प्राप्त गरेको थियो ।
नेकपा माओवादी केन्द्रले वडा नम्वर ३ र ४ को वडा अध्यक्षमा विजय प्राप्त गरेको थियो भने नेकपा एमाले वडा नम्वर ५, ६ र १० को वडा अध्यक्षमा विजयी भएको थियो ।
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...


















