१६जेठ,हेटौंडा। नेपाली कांग्रेसका महामन्त्री तथा पुर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले गठबन्धन नेतृत्व दल र कांग्रेसलाई स्थानीय स्तरबाट जनहितको काम गर्न अवसर मिलेकोले जनताले पाउने सेवामा जनप्रतिनिधिलाई बाधक नहुन अनुरोध गरेका छन्।
सोमबार कांग्रेस हेटौंडानगरको आयोजनमा आसन्न स्थानीय तह सदस्य निर्वाचनमा हेटौंडानगरमा गठबन्धनका तर्फबाट निर्वाचित जनप्रतिनिधिको स्वागत,बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधनका क्रममा कांग्रेसलाई जनस्तरबाट काम गर्ने अवसर फेरी जनताले दिलाएकोले कांग्रेस र गठबन्धन नेतृत्व दलबाट हेटौंडाका नवनिर्वाचित जनप्रतिनिधिलाई जनताको सेवामा बाधक नहुन जनप्रतिनिधिलाई अनुरोध गरेका हुन्। थापाले कार्यक्रमलाई सम्बोधनका क्रममा जनप्रतिनिधिलाई स्थानीय सरकार जनताप्रति जिम्मेवार रहन केही 'मन्त्र' समेत सुनाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थापाले स्थानीय सरकारलाई सहयोग गर्न संघ र प्रदेश सरकार लागिरहेको उदघोष गरेका थिए। जनताले बहुमत दिएको नेकपा एमाले नेतृत्वको सरकारको हावादारी कुराले जनताको राजनीतिक दलप्रति आक्रोश पैदा भएको आरोप लगाउदै एमालेको नेतृत्वमा राजनीतिक संस्कार र जनभावना विपरितका गतिविधि भएपछि आम जनता राजनीतिक दलप्रतिनै बिच्किएको आरोप लगाएका छन्। "अहिलेको सन्दर्भमा गठबन्धन सरकार आवश्यक छ,गठबन्धन नेतृत्वमा निर्वाचित सबै जनप्रतिनिधिलाई धन्यवाद दिनचाहन्छु, जनताको हितमा काम गर्नुहोस,शुभकामना व्यक्त गर्दछु"।-थापाले भने।
नेपाली कांग्रेस हेटौंडानगर सभापति उत्सव इटेनीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना,प्रतिनिधिसभा सदस्य एव कांग्रेस नेता देवी प्रसाद,तिमल्सिना,कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ,कांग्रेस मकवानपुर सभापति बुद्ध लामा,हेटौंडाकी नगर प्रमुख मिना कुमारी लामा,नगर उपप्रमुख राजेश बानियाँ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कांग्रेस मकवानपुर उपसभापति आनन्द कठायत,सह-सचिव इन्दिरा न्यौपाने,कांग्रेस मकवानपुर प्रवक्ता अर्जुनप्रसाद चौलागाई,निवर्तमान कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने,कांग्रेस मकवानपुरका पुर्व सभापति माइकल रामचन्द्र अर्याल,कांग्रेस क्षेत्र नम्बर-१ का सभापति दामोदर खनाल,कांग्रेस नेता आनन्दराम पराजुली लगायत स्थानीय तह निर्वाचनमा हेटौंडाका विभिन्न वडामा निर्वाचित जनप्रतिनिधिरुको उपस्थिती रहेको थियो ।
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


















