१७ जेठ, हेटौंडा । नेपालमा सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
वागमती प्रदेश स्वास्थ्य निर्देशनालयले सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा मंगलबार आयोजना गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा निर्देशनालयका डाक्टर शम्भु काफ्लेले नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट बर्सेनि २७ हजारको मृत्यु हुने तथ्यांक प्रस्त्तुत गर्दै आजैबाट सुर्तीजन्य पदार्थको सेवन त्याग्न सबैमा आग्रह गरेका छन् ।
काफ्लेले नेपालमा धूम्रपान गर्नेको संख्या २०१९को तथ्याङ्क अनुसार २८.९ प्रतिशत रहेकोले यसको कारणले २८% मुटुको रोग निम्त्ने जानकारी गराएका थिए।
कार्यक्रममा सुर्तीजन्य पदार्थबाट बिश्वमा प्रत्येक बर्ष ८० लाख मानिसको मृत्यु हुने गरेको बताइएको छ। काफ्लेले सुर्तीजन्य पदार्थ नियन्त्रण ऐनको बारेमा सञ्चारकर्मीलाई अवगत गराएका थिए।
उनले सुर्तीजन्य पदार्थको न्यूनीकरणमा मिडियाको भुमिका महत्वपूर्ण रहने भन्दै उक्त भूमिका निर्वाह गर्न सन्चारकर्मीहरुलाई प्रस्तुतिकरण मार्फत जानकारी गराइएको थियो ।
स्वास्थ्य निर्देशक महेश्वर मान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा, निर्देशनालयका शिव बडाल, नरेन्द्र कुमार झा,अधिकारकर्मी कपिला जोशीलगायतकाको सहभागिता रहेको थियो।
मंगलबार बिहान वागमती प्रदेश स्वास्थ्य निर्देशनालयका आयोजनामा सुर्तीजन्य पदार्थ त्यागौँ,स्वास्थ्य र वातावरण जोगाऔँ´ भन्ने नारा सहित हेटौंडाको मुख्य बजारमा प्रभातफेरी कार्यक्रमको आयोजन गरिएको थियो।
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

















