१८ जेठ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबार विश्व सुर्तिजन्य पदार्थ विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजनामा दिवसको आवसर पारेर मंगलबार बिहान प्रभातफेरी, सचेतनामूलक कार्यक्र र सडक नाटकको आयोजना गरी मनाइएको हो ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. महेश्वर श्रेष्ठको नेतृत्व तथा बागमती प्रदेश स्वास्थ्य मन्त्री निमा लामाको उपस्थितिमा प्रभातफेरी तथा सचेतनामूलक कार्यक्रम गरिएको हो ।
प्रभातपेरी कार्यक्रमको सुरुवात गर्दै प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सुर्तिजन्य पदार्थको प्रयोग गर्ने कार्य आजकै दिनबाट बन्द गर्ने सार्वजनिक रुपमा घोषणा गर्न आग्रह गरे । उनले सुर्तिजन्य पदार्थ प्रयोग नगर्न आग्रह गर्दै बालबालिकाहरुलाई सुर्तिजन्य पदार्थबाट टाडै राख्न अनुरोध समेत गरे ।
मन्त्री लामाले स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम मार्फत प्रदेशको स्वास्थ्यको क्षेत्रमा योगदान पुग्ने किसिमका कार्यक्रम ल्याउने तयारी गरेको जानकारी दिए । उनले बागमती प्रदेशलाई स्वास्थ्य क्षेत्रको हबका रुपमा विकास गर्न आफुहरु दत्तचित्त भएर लागिरहेको दावी गरे ।
बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय, नेपाल अर्वुद रोग निवारण संस्था र श्रीकृष्ण प्रणामी युवा परिषद् मकवानपुरको संयुक्त आयोजनामा भएको प्रभातफेरी बुद्धचोकबाट सुरु भई लोकप्रिय चोक, मानसचोक, कांग्रेसचोक, कान्तिराजपथ, पारिजातपथ, सिमाचोक हुँदै पुनः बुद्ध चोकमा पुगेर अन्त्य भएको थियो ।
प्रभातफेरी कार्यक्रमपछि बुद्धचोकमै सूर्तिजन्य पदार्थ प्रयोग नगर्न आग्रह गर्दै सडक नाटक र सचेतनामूलक कार्यक्रम प्रस्तुत गरिएका थिए ।
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


















