१९ जेठ, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्र पाण्डेले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिले कार्यालयमा एक घण्टा भन्दा बढि कहिल्यै नबस्ने बताएका छन् ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिंदै उनले प्रतिष्ठानको उपकुलपतिमाथि अख्तियारमा उजुरीका चाङ रहेको बताउँदै पुरा समय काम गर्न नसक्ने भए विदा लिन पनि सुझाव दिएको जानकारी दिए । उनले उपकुलपति विना जानकारी २ महिना सम्पर्कविहिन भएको बताए । उनले कागजमा ३ सय बेडको लेखेपनि हेटौंडा अस्पतालको काम नबढेको भन्दै पूर्व मूख्यमन्त्री डोरमणि पौडेलको कटाक्ष गरे ।
प्रतिष्ठानमा ५० लाख रुपैंया भन्दा बढिको बेरुजु रहेको र ५५ वटा योजना ५/५ लाख रुपैंयाको बनाएर गैरकानूनी काम गरेको उनले बताए । प्रतिष्ठानका नेतृत्वबाट आफ्ना श्रीमति र नातेदारलाई जागिर लगाएको बताउँदै मूख्यमन्त्री पाण्डेले अघिल्लो सरकारकै पालामा यस्ता गतिविधि भएको उनको भनाई थियो । प्रदेश सरकारले ल्याएको समाजवादी कार्यक्रमबाट नतर्सन समेत सुझाव दिएका छन् ।
उनले समाजवादी कार्यक्रम वडा तहबाटै शुरु गर्ने पुनः दोहोर्याउँदै उनले यो कार्यक्रम आगामी दिनमा यो सबैले सम्झन लायक कार्यक्रम हुने बताए । यो कार्यक्रमको विरोध भन्दा सुझाव दिन उनको आग्रह थियो । उनले विगतमा सिमान्तकृत समुदायको पक्षमा नीति तथा कार्यक्रम ल्याउन तत्कालिन सरकारले नसकेको भन्दै अहिलेको सरकारले सिमान्तकृत वर्गलाई लक्षित गरी नीति तथा कार्यक्रम ल्याएको बताए ।
उनले कर्मचारी अभावका कारण काम अघि बढाउन समस्या भएकाले बजेट खर्च गर्न नसकेको बताए । उनले डिपिआर नभएका योजनामा बजेट विनियोजन गर्ने प्रवृत्तिका कारण पनि बजेट खर्च हुन नसकेको बताए । हेटौंडा औद्योगिक क्षेत्रमा बधशाला निर्माणका लागि अघिल्लो सरकारले ६० लाख रुपैंया दिएको बताउँदै मूख्यमन्त्री पाण्डेले सोधे–‘त्यो बधशाला कहाँ छ ?’
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...













-1792888897.jpg)




