Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कामधेनु र कृष्ण आधारभूत विद्यालयद्वारा हेटौंडा-६ र १७ का जनप्रतिनिधिलाई स्वागत

Janapratinidhi-1654349026.jpg

२१ जेठ,हेटौडा ।  हेटौडा–६, चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्था र श्री कृष्ण आधारभूत विद्यालयले शनिवार नवनिर्वाचित वडा अध्यक्ष र वडा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ ।
कामधेनुले हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल १७ का वडा अध्यक्ष उद्धव सत्याललाई सम्मान गरेको हो । यसैगरि संस्थाले हेटौडा–६ का वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, सरिता सापकोटा, मुना विश्वकर्मालाई समेत सम्मान गरेको छ । हेटौडा–१७ का वडा सदस्य नवराज न्यौपाने, कृष्ण अधिकारी र उर्मिला चुनारालाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष उदय विडारीको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष बासुदेव सापकोटा, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, सल्लाहकार गौरब कुमार पराजुली, नेपाल पत्रकार महासंघ, मकवानपुरका अध्यक्ष मणीराज गौतम, रानी सामुदायिक वनका अध्यक्ष विष्णु प्रसाद न्यौपाने, प्रगतिशिल महिला आपसी विकास संस्थाकी उपाध्यक्ष गायत्री घिमिरे, चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहकी उपाध्यक्ष कल्पना पराजुली, चुच्चेखोला सामुदायिक वन बचत तथा ऋण सहकारीका उपाध्यक्ष अर्जुन प्रसाद देवकोटा, संस्थाकी सञ्चालक सदस्य, मन्दिरा घिमिरे, व्यवस्थापक भीमसेन पौडेल, सञ्चालक समितिका पदाधिकारी लगायतको सहभागिता थियो । संस्थामा ६ सय २० जना शेयर सदस्यहरु रहेका छन। 

त्यसैगरी हेटौंडा-६ मा रहेको श्री कृष्ण आधारभुत विद्यालयले पनि हेटौंडा-६ का नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद ढुङगानाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका पिटिए अध्यक्ष दिपेश लामा,विद्यालयकी प्रधानाध्यापक मन्दिरा फुयाल घिमिरे त्यसैगरी विद्यालयका शिक्षक दिपक कुमार थापा र विद्यालय व्यवस्थापन समिति पुर्व अध्यक्ष जयराम घिमिरे लगायतको उपस्थिती रहेको थियो। विद्यालयले नवनिर्वाचित जनप्रतिनिधिलाई विद्यालयका अवस्था र आवश्यकताको बारेमा अवगत गराएका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

थप समाचार