Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस मकवानपुरले दियो मतदातालाई धन्यवाद (धन्यवाद पत्र सहित)

nepali-congress-makawanpu-1654607863.jpg

२४ जेठ, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले स्थानीयत तह सदस्य निर्वाचनबाट पार्टीलाई जिल्लाको ठूलो पार्टी बनाएको भन्दै सम्पूर्ण मतदाता र सहयोगीहरुलाई धन्यवाद दिएको छ ।
मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै स्थानीय निकायको निर्वाचन मार्फत काँग्रेसलाई मकवानपुरमा ठुलो पार्टी बनाएको भन्दै धन्यवाद दिएको हो । नेपाली काँग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामाले स्थानीय निकायको निर्वाचनमा मकवानपुरमा मकवानपुरे जनताले दिएको मतप्रति आभार व्यक्त गरे ।
उनले पत्रकार सम्मेलनमा आम मतदाता, गठबन्धन, सहयोगी सबैलाई धन्यवाद दिएका हुने । बैशाख २० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा नेपाली कांग्रेस मकवानपुरले जिल्लाको दश वटा पालिका मध्ये पाँच वटामा प्रमुख, चार वटामा उप–प्रमुख र ४४ वटा वडामा अध्यक्ष जित्न सफल भएको थियो ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस बागमती प्रदेश सदस्य चम्फु लामा, काँग्रेस मकवानपुरका उपसभापती द्वय धर्मराज लामिछाने र आनन्द कठायत, सचिव भीमसेन महत, सहचिव द्वय इन्दिरा न्यौपाने र निशान बजागाई, प्रवक्ता अर्जुन चौलागाई लगायतकको सहभागिता रहेको थियो ।

यस्तो छ पार्टी सभापती लामाद्धारा जारी धन्यवाद पत्र
नेपाली कांग्रेस नेपालको राजनितीक कठिन कालखण्डमा नेपाली जनताको मनोभावनाको कदर गर्दै राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको प्रमुख हिस्सेदार रहेको बताउदै नेपालको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भएको समेत बताउनु भयो । । राणा शासन, पञ्चायती व्यवस्था, निरकुंस राजतन्त्र र शसस्त्र युद्धमा होमिएको माओवादी लाई लोकतान्त्रिक अभ्यास सँगै राजनीति स्थायित्व को जग बसाल्न र संविधान निर्माण देखि कार्यान्वयन को चरण सम्म आफ्नो नेतृत्व प्रदान गरी देशलाई निकास र आर्थिक विकास तर्फ उन्मुख गरेको देशको सबै भन्दा ठूलो लोकतान्त्रिक पार्टी काग्रेश रहेको उहाँले बताउनु भयो । हो। देश र जनताका भावनाको कदर गर्दै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डताको रक्षाका लागि सधै अग्रपंक्तिमा रहेको अवगत नै छ।
नेपाली जनताले लामो संघर्षवाट प्राप्त गरेका राजनीतिक उपलब्धीहरुको रक्षा गर्दै त्यही उपलब्धिको जगमा राष्ट्रको चौतफी विकास गर्ने लोकतान्त्रीक मूल्य मान्यता , कानून वमोजिम विधिको शासन, न्याय, स्वतन्त्रता,समानता को लागी नेपाली काग्रेश मकवानपुर जिल्ला समिति पार्टी पंक्ति, संङीय क्षेत्रीय सिमित,प्रदेश सभा क्षेत्रीय सिमित,नगर समिति,वडा समिति ,टोल समिति भातु संगठन, सम्पूर्ण युवा, विद्यार्थी, किसान, मजदुर, कानूनव्यवसायी, उद्योगी, व्यापारि,नागरिक समाज, पत्रकार , मानवअधिकारवादी,बद्धिजिवी, देश भक्त कर्मचारी, सुरक्षाकर्मीहरु लगाएत सबैमा राष्ट्र जनता , संविधान, विधिको सासन, र लोकतन्त्रको रक्षाको खातिर र स्थानीय सरकारलाइ बलीयो बनाउनको लागी जनप्रतिनिधि मार्फत शासन गर्न स्थानीय निर्वाचन २०७९ लाइ सफल पार्न यहाँहरुको निरन्तर सहयोग , सहभागिता र समर्थन भइ नेपाली काग्रेश मकवानपुरलाइ जिल्लाको ठ्रलो र शक्तीशाली पार्टी बनाउन लाग्नु हुने सम्पुर्ण मतदाता जनसमुदायमा हार्दीक धन्यवाद ज्ञापन गर्दछ ।
लोकतन्त्रमा जनमत सर्वोपरि हुन्छ । कुनैपनी राजनीति दल एवं व्यक्तिले पाएको मत निश्चित अवधीका लागी मात्र हो । जनताले आफ्नो अभिमत जाएर गरेर जुनसुकै तहको सरकार निर्माण गरे संग(संगै त्यहाँ प्रतिपक्षको पनि निर्माण भएको हुन्छ यो लोकतन्त्रको सुन्दर पक्ष हो । संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ( २०७२ जारी भएपश्चात देशको पुनसंरचना बमोजिम मकवानपुर जिल्लामा १ उपमहानगरपालिका,१ नगरपालिका र ८ गाँउपालिका गरी १० स्थानीय तह कायम भएको छ । स्थानीय निर्वाचन २०७९ बैशाख ३० गते दोस्रो पटक निर्वाचन सम्पन्न भइ जन प्रतिनिधिहरूले आफ्नो काम गर्न सुरू गरी सक्नु भएको छ । मकवानपुर जिल्लाको विकास, शान्ति सुव्यवस्था र जनताका असीम इच्छा आकांक्षा एवं चाहनाहरूलाई पुरा गर्न विभिन्न तहमा जननिर्वाचित सरकार गठन भए संगै विगतमा मुलतः नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा रहदापनि नेपाली कांग्रेस मकवानपुरले अहम भुमिका खेलेको सर्वविधितै छ ।
स्थानीय निर्वाचन २०७९ बैशाख ३० गते दोस्रो पटक निर्वाचन सम्पन्न भए पश्चात नेपाली कांग्रेस मकवानपुर जिल्लाको प्रमुख पार्टी भएको छ । नेपाली कांग्रेस वाट निर्वाचीत सम्पुर्ण जनप्रतिनिधिहरूमा जिल्लाको विकास, शान्ति सुव्यवस्था र जनताका असीम इच्छा आकांक्षा एवं चाहनाहरूलाई पुरा गर्न तथा लोकतान्त्रीक मूल्य मान्यता , कानून वमोजिम विधिको शासन, न्याय, स्वतन्त्रता,समानता को लागी परी दिन रात नभनी अनुशासित र मर्यादीत ढंग वाट जनताको भावना अनुरूप पारदर्शी ढंग वाट काम गर्न र गराउन नेपाली कांग्रेस मकवानपुर हार्दीक अपिल समेत गर्दछ । जय नेपाल ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

थप समाचार