Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मकवानपुर गोल्डकपः मनाङलाई हराउँदै पुलिस सेमिफाइनलमा

Screenshot_20220607-17541-1654654508.jpg

२५ जेठ, हेटौंडा । विभागीय टोली नेपाल पुलिस क्लव हेटौंडामा जारी चौथो शहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप २०७९ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा मनाङलाई पुलिसले १–० गोल अन्तरले हराउँदै पुलिस अन्तिम ४ मा स्थान सुरक्षित गर्न सफल भएको हो । पुलिसको जितका लागी ३४ औं मिनेटमा भरत शाहले गरेको गोल निर्णायक बन्यो ।
खेलको ४१ औं मिनेटमा मनाङले बराबरी गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न सकेन । पुलिसका अजित भण्डारीले विमल घर्ती मगरलाई डीबक्स क्षेत्रमा लडाएपछि पाएको सदुपायेग गर्न नसक्दा मनाङ पछि प¥यो । मनाङका अन्जन बिष्टले प्रहर गरेको पेनाल्टी पुलिसका गोलरक्षक सत्रुघन चौधरीले बचाउ गरेका थिए ।
खेलको म्यान अफ द म्याच पुलिसका गोलरक्षक सत्रुघन चौधरी भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । जारी प्रतियोगितामा बुधबार मकवानपुरको विजय यूथ नव जनजागृति क्लव सिमराको खेल हुनेछ । 
यस्तै मंगलबारको खेलमा नेपाल पुलिस क्लवका प्रशिक्षक र खेलाडी गरी तीनजनाले रातो कार्ड पाएका छन् । प्रशिक्षक अनन्त थापा तथा खेलाडी हेम तामाङ र हेमन्त श्रेष्ठले रातो कार्ड पाएका हुन् । 
श्रेष्ठले मैदान प्रवेश नगर्दै रातो कार्ड पाएका हुन् । मैदान छिर्न ‘वार्मअप’ गरिरहेका बेला ‘अफसाइड’को बिषयलाई लिएर निर्णायकसंग विवाद गरेपछि दोहोरो कार्ड पाएपछि उनलाई रातो कार्ड दिइएको थियो ।
यस्तै पुलिसका तामाङले अन्जन बिष्टलाई हात हालेपछि र प्रशिक्षक थापालाई रेफ्रिको निर्णयमा असन्तुष्टि जनाउँदै खेल मैदान प्रवेश गर्न खोजेपछि रातो कार्ड दिइएको हो ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार