Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित

1647571531-qTitx-1654823905.jpg

file photo

२७ जेठ, हेटौंडा । अमेरिकामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा शुक्रबार बिहान नेपाल ओमानसँग १३ रनले पराजित भएको हो । ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९८ रनमा समेटियो । नेपालका लागि आरिफ शेखले ६६ रनको अर्धशतकीय इनिङ खेले । देव खनालले ३४ तथा रोहित पौडेलले २०  र दिपेन्द्र सिंह ऐरीले १६ रन जोडे । 
त्यस्तै विनोद भण्डारीले १४, सोमपाल कामीले १३, डेब्यु खेलाडी सुनिल धमलाले १२, करण केसीले ८ रन जोडे । ओपनर सुवास खकुरेलले ३ तथा कप्तान सन्दीप लामिछाने २ रनमा आउट हुँदा सुशन भारी सुन्य रनमा अविजित रहे । ओमानका जिसन मक्सुद र खवर अलिले ३÷३ विकेट लिए । बिलाल खानको नाममा २ विकेट रह्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो । ओमानका लागि जिसन मक्सुदले अविजित रहदै १ सय ४ रनको शतकीय इनिङ खेले । खवर अलिले ३० रन जोड्दा सोयब खानले २७ रन बनाए । सुरज कुमार १२ रनमा आउट भए । नेपालका करण केसीले ५ विकेट लिए । यस्तै सन्दीपले २ तथा सोमपालले १ विकेट लिए ।
यस हारसँगै नेपाल १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अब नेपालले दोस्रो खेलमा अमेरिकाविरुद्ध शनिबार खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार