Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

जनकल्याणका पदाधिकारीहरुद्वारा शपथ

Janakalyan-1509360880.jpg

१३ कार्तिक, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । नयाँ कार्यसमितिलाई निर्वाचन अधिकृत बद्रीबहादुर पाठकले सपथग्रहण गराएका हुन् ।

कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, ७ का  वडा अध्यक्ष राजन थापा, डिभिजन सहकारी कार्यालय मकवानपुरका प्रमुख तिलकराम पोखरेल, संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारी, निवर्तमान अध्यक्ष रघुप्रसाद आचार्य, पूर्व सल्लाहकार गणेशकुमार श्रेष्ठ, निवर्तमान उपाध्यक्ष नारायणप्रसाद अधिकारी, निर्वाचन समितिका सदस्य अश्विनकुमार अर्याल, बद्रीप्रसाद भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम निर्वाचन समितिका संयोजक बद्रीबहादुर पाठकको अध्यक्षतामा भएको थियो । 
शनिवार भएको निर्वाचनबाट अध्यक्षमा हिमाल पौडेल, लेखा सुपरिवेक्षण समितिको संयोजकमा दिपनराज आचार्य, सञ्चालक समितिको सदस्यहरुमा तेजप्रसाद भट्टराई, लक्ष्मण सापकोटा, तेजप्रसाद तिवारी, रेखा मैनाली, निर्मला तिमल्सिना र हिरादेवी महर्जन निर्वाचत भएका थिए ।

उपाध्यक्षमा श्यामप्रसाद भट्टराई, सचिवमा मीना अधिकारी,कोषाध्यक्षमा चेतनाथ खतिवडा, लेखा सुपरिवेक्षण समितिको सदस्यमा रामशरण पौडेल र राजकुमार बास्तोला यस अघि नै निर्विरोध निर्वाचित भएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार