Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडाका १९ वटै वडामा पुस्तकालय स्थापनाका लागी बजेट छुट्याईने

286965884_378208650825568-1655037806.jpg

२९ जेठ, हेटौंडा । पुस्तकालय अभियान समूह मकवानपुरले हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा पुस्तकालय स्थापनाका लागि आग्रह गरेको छ । अभियानको पहिलो वार्षिकोत्सवको अवसर पारेर आज अभियानले उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुसँग यस्तो आग्रह गरेको हो ।
हेटौंडा उपमहानगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा पुस्तकालय अभियान समूहले पुस्तकालय स्थापनाका लागि सञ्चालित अभियानको विषयमा जानकारी गराउँदै नगर प्रमुख र उपप्रमुखलाई अनुरोध पत्र समेत बुझाएको छ । पुस्तकालय अभियान समूहका सदस्य एवं साहित्यकार निमेष निखिल र प्रतिमा श्रेष्ठले नगर प्रमुख र उपप्रमुखलाई अनुरोधपत्र बुझाएका हुन् । 
अनुरोध पत्र बुझ्दै हेटौंडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ र कार्यक्रम उपस्थित वडा अध्यक्षहरुले पुस्तकालय स्थापनाका लागि बजेट विनियोजन गर्न प्रतिवद्धता जनाएका छन् । उक्त अवसरमा मेयर लामाले पुस्तकालय स्थापना र सञ्चालनका लागि नागरिकस्तरबाट आएको प्रस्ताव महत्वपूर्ण रहेकोले आगामी आर्थिक वर्षको बजेटमा पुस्तकालय स्थापनाको योजनालाई समावे गर्ने बताईन । 
यस्तै नगर उपप्रमुख राजेश बानियाँले सभ्य समाज निर्माणका लागि पठन संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गर्नुहुँदै इतिहास जान्न पढ्नुको विकल्प नभएको र पढ्नका लागि पुस्तकालय आवश्यक भएकोमा जोड दिए ।
यसैगरी वडा अध्यक्षहरुको तर्फबाट १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले नगरभित्रका हरेक वडा पुस्तकालय स्थापना, सञ्चालन र व्यवस्थापनमा सहयोग प्रतिवद्ध रहेको बताए । कार्यक्रममा पुस्तकालय अभियान समूहका सदस्य सुरेश श्रेष्ठले अभियानका बारेमा जानकारी गराएका थिए । उनले अहिलेसमम पुस्तकालय अभियान समूह मकवानपुरले मकवानपुर जिल्लामा १२ वटा तथा बारा र रौहतटमा एक एक वटा गरी कुल १४ वटा पुस्तकालय स्थापना गरेका जानकारी दिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार