Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राक्सिराङमा आगामी बजेट निर्माणका सन्दर्भमा सरोकारवाला निकायसँग छलफल

20210612003136_IMG_1542-1655041051.JPG

२९ जेठ,हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९।८० को बार्षिक निती तथा कार्यक्रम तथा बजेट निर्माणका सन्दर्भमा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरेको छ।आइतबार गाउँपालिका केन्द्र  चैनपुरमा उक्त कार्यक्रमको आयोजना गरेको हो। 
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माणका लागि कुन कुन विषयलाई समेटिन सकिन्छ,कुन कुन शीर्षकलाई प्रथमिकता दिन सकिन्छ भन्दै, जनप्रतिनिधि सहित स्थानीय,गाउँपालिकामा रहेका विभिन्न सरकारी,गैरसरकारी संघ संस्थाका प्रतिनिधि,विद्यालयका प्रधानाध्यापक,राजनैतिक दलका प्रतिनिधिको अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो।

वागमती प्रदेश भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभाध्यक्षता गाउँपालिका अध्यक्ष राजकुमार मल्लको रहेको थियो।
कार्यक्रममा बोल्दै राज्यमन्त्री प्रजाले गाउँपालिकाले आयोजन गरेको अन्तरक्रिया कार्यक्रमले सबैलाई समेटन सहयोग पग्ने भन्दै निती तथा कार्यक्रम निर्माण गर्दा आवश्यक पक्षलाई ध्यान दिन आग्रह गरेका छन्।  त्यसैगरी गाउँपालिका अध्यक्ष राजकुमार मल्लले छलफल र अन्तरक्रियाबाट आएका विषयलाई सम्बोधन गर्दै आवश्यक बिषयलाई निती कार्यक्रममा समेटने र गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न मार्गदर्शन मिल्ने बताए। 

त्यसैगरी कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले यस किसिमको छलफलले समूहत रूपमा आगामी बर्षहरुमा राक्सिराङ कस्तो बनाउने भन्ने खाका तयार पर्न सहयोग हुने बताए।कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी राक्सिराङ उपसभापति चित्रबहादुर थिङ, खानेपानी तथा सरसफाई महासंघ केन्द्रीय सदस्य बद्री देवकोटा, गैससकर्मी विष्णुमान चेपाङ, देवकुमार प्रजा, दिपेन्द्र पाठक, सूर्योदय माध्यमिक विद्यालयका प्रधानाध्यापक सीताराम सुवेदी, सामुदायिक वन उपभोक्ता महासंघ राक्सिराङ अध्यक्ष केशव भारती, खेलकुद विकास समिति राक्सिराङ अध्यक्ष थलबहादुर थापा, स्थानीय समाजसेवी विपीमाया मोक्तानलगायत सरोकारवालाहरुले क्षेत्रगत रुपमा बजेट र नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयबारे सुझाव राखेका थिए ।त्यसैगरी सहभागि विभिन्न गैर सरकारी संघ संस्था,विद्यालयका,विभिन्न राजनैतिक दलका प्रतिनिधिले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट निर्माणमा समावेश गर्न सकिने विषय वस्तु र अघिल्लो बर्षमा समेटन नसकिएको विषयमा आ आफ्नो धारणा स्पष्ट पारेका थिए।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्द  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गडतौलाले सरोकारवाला निकायसँगको छलफलले नियमन निकायसँग समन्वय गर्न मदत पुग्ने बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार