Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जिसस मकवानपुर:प्रमुखमा घलान र डिम्डुङ, उपप्रमुखमा कांग्रेसको एकल उम्मेदवार

20201011_063947-160237793-1655127396.jpg

३० जेठ,हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरको असार २ गते हुने निर्वाचन अन्तर्गत प्रमुख पदमा दुईजनाको मनोनयन दर्ता भएको छ। 
आज तोकिएको मनोनयन कार्य तालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलान र  नेकपा एमालेबाट बुद्धिराम डिम्डुङको उम्मेदवारी परेको छ। गठबन्धनका तर्फबाट जिसस प्रमुखमा उम्मेदवारी परेका घलान हेटौंडा-१२ का वडाध्यक्ष हुन भने डिम्डुङ ईन्द्रसरोबर-३ बाट निर्वाचित वडासदस्य हुन। 
त्यसैगरी उपप्रमुखमा कांग्रेसबाट मात्र उम्मेदवारी परेको छ । उपप्रमुखमा नेपाली कांग्रेसका सानुकाजी लुइटेलको उम्मेदवारी दर्ता भएको छ । उनी मनहरी-३ बाट निर्वाचित वडासदस्य हुन । यता उपप्रमुखमा नेकपा एमालेले उम्मेदवारी दर्ता नै गरेको छैन । लुइटेलको दाबी बिरोध नपरे उनी मतदान अघी नै निर्विरोध हुनेछन् 

यस्तै महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसकी तारा ढुंगाना, बिष्णुमाया थपलिया र सुमिता थिङको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट बिना कुमारी थिङ लामाको उम्मेदवारी परेको छ ।महिलातर्फ ३ जना सदस्य निर्वाचित हुनेछ । दलित सदस्यमा नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारको एकल उम्मेदवारी परेको छ ।

खुलातर्फ ३ जना सदस्यमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका वीरेन्द्र कुमार लामा, नेकपा माओवादी केन्द्रबाट खड्क बहादुर पुलामी र सुवर्ण गोपालीको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट तोयानाथ तिमल्सिनाको उम्मेदवारी दर्ता भएको मकवानपुरका सहायक मतदान अधिकृत सागर शर्माले जानकारी दिएका छन् । 
निर्वाचनको कार्य तालिका २ गते विहान १० बजेदेखि दिउँसो २ बजेसम्मको रहेको जनाइएको छ भने मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडा २ लाई मतदान केन्द्र तोकिएको छ । मकवानपुरका १० वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी कूल २० जनाले जिससको सदस्यकाे निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

९ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमुख तथा उपप्रमुखसहित ७ सदस्यको लागि मतदान हुनेछ ।जसमा कांग्रेसको ९,माओवादी केन्द्र ७ नेकपा एमाले ३ र नेकपा(एस)को १ जनप्रतिनिधि रहेका छन् ।जिसस नेतृत्वको लागि कांग्रेस, माओवादी केन्द्र र नेकपा एस विच गठबन्धन रहने बुझिएको छ । यदि गठबन्धन भए जिससमा गठबन्धनले  क्लिन स्वीप गर्नेछ।

IMG-9010bee51aefccba0dca8-1655127397.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार