Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मकवानपुर गोल्डकपः घरेलु टोलीलाई हराउँदै आर्मी दोस्रोपटक च्याम्पियन

Makawnpur-goldcup-1655130809.jpg

३० जेठ, हेटौंडा । साविक विजेता नेपाल आर्मी क्लब घरेलु टोली विजय युथ क्लब हेटौैडालाई पराजित गर्दै चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ । 
मकवानपुरस्थित पिप्ले क्याम्प रंगशालामा सोमबार भएको फाइनल खेलमा विजय युथलाई २–१ ले पराजित गर्दै आर्मी लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो ।

आर्मीलाई च्याम्पियन बनाउन कप्तान भरत खवास र कमल बहादुर थापाले गोल गरे । यस्तै घरेलु टोली विजय युथका डोना थापाले पेनाल्टीमार्फत एक गोल फर्काए ।
खेलको १५औं मिनेटमा कप्तान भरत खवासको गोलबाट आर्मीले सुरुवाती अग्रता लिएको थियो । लगत्तै १० मिनेटपछि घरेलु टोलीले बराबरी गोल फर्काउन सफल भयो ।युद्ध शाहीले पेनाल्टी बक्समा बिमल रानालाई फउल गरेपछि पाएको पेनाल्टी सदुपयोग गर्दै विजय युथका डोना थापाले गोल फर्काए तर दोस्रो हाफको शुरुमै कमल बहादुर थापाले गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए । 
लगत्तै आर्मीले पेनाल्टीको अवसर पाएपनि दिनेश हेन्जनले गोल गर्न नसक्दा आर्मी थप अग्रता लिनबाट चुक्यो । विजय युथका कप्तान तथा गोलरक्षक अशोक बरालले सन्तोष केसीलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा दिनेश गोल गर्न चुकेका हुन् । त्यसपछि दुबैतर्फबाट थप गोल हुन नसेकपछि आर्मी च्याम्पियन बन्न सफल भयो ।
आर्मीले गत सिजन पनि च्याम्पियन बन्ने क्रममा विजय युथलाई नै पराजित गरेको थियो । 
प्रतियोगिताका सर्वोकृष्ट खेलाडी बिजय युथका कप्तान अशोक बराल घोषित भए । उनले बुलेट मोटरसाइकल प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट डिफेन्डर आर्मीका बिमल पाण्डे, उत्कष्ट मिडफिल्डर आर्मीकै बिवेक बस्नेत, उत्कृष्ट फरवार्ड आर्मीकै दिनेश हेन्जन र उत्कृष्ट प्रशिक्षक आमीकै नविन न्यौपाने घोषित भए । उनीहरुले जनही नगद २५ हजार प्राप्त गरेका छन् ।
उपाधिसँगै आर्मीले १५ लाख रुपैयाँ र शिल्ड हात पारेको छ । दोस्रो भएको विजय युथले १० लाख रुपैयामा चित्त बुझाएको छ । प्रतियोगिताका विजेता र उपविजेता टिम,सर्वोत्कृष्ट उत्कृष्ट खेलाडी,कोच,मिडफिल्डरलाई,रेर्फ्री समापनका प्रमुख अतिथि नेपाली कांग्रेस वागमती प्रदेश अध्यक्ष ईन्द्र बहादुर बानियाँले मोडल,सिल्ड र प्रशंसापत्र प्रदान गरेका थिए।मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा १२ टोलीहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार