Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस बागमती प्रदेश संसदीय दलद्वारा कांग्रेसका जनप्रतिनिधिलाई स्वागत तथा सम्मान

सम्मान-का-1655182385.jpg

३१ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुलाई बधाई तथा परिचयात्मक कार्यक्रमको आयोजना गर्दै सम्मान तथा स्वागत गरेको छ ।  संसदीय दलका उप नेता कृष्णलाल भडेलको अध्यक्षता एवं संसदीय दलका नेता तथा बागमती प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि इन्द्रबहादुर बानियाँले निर्वाचित जनप्रतिनिधिलाई जनताको मर्म भावना अनुसार काम गर्न निर्देशन दिएका थिए । 
उनले सबैलाई समेटन सके कांग्रेसको शिर उच्च हुने भन्दै कांग्रेस साँच्चै जनता प्रति इमानदार छ भन्ने प्रत्याभूति गराउने अवसर पुनः आएको बताए । उनले पार्टी र परिवारको शिर उच्चो राख्ने गरि काम गर्न आग्रह गरे । यस्तै नेता बानियाँले राजनिति जिविकाका लागी नभई सेवाका लागी हो भन्ने प्रमाणित गरेर देखाउँन निर्देशन दिए ।
कार्यक्रममा बागमती प्रदेशका मन्त्री, राज्यमन्त्री, प्रदेशसभा सदस्य लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा ललितपुर महानगरपालिका नगर प्रमुख चिरि बाबु महर्जन, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, निलकण्ठ नगरपालिका धादिङका नगरप्रमुख भिम ढुङगाना, दक्षिणकाली नगरपालिका काठमाडौंकी उपप्रमुख बसन्ति डङ्गोल तामाङ,कालिका गाउँपालिका रसुवाका अध्यक्ष हरिकृष्ण देवकोटा,हेलम्बु गाउँपालिका सिन्धुपाल्चोककी उपाध्यक्ष अम्सरा लामिछानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत वागमती प्रदेशमा कांग्रेसले प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी कूल १०८ जना निर्वाचित भएका छन् । जसमा नगरपालिका प्रमुखमा २४, उपप्रमुखमा १९ गरी ४३ जना निर्वाचित भएका छन् भने गाउँपालिकाको अध्यक्षमा ३४ जना र उपाध्यक्षमा ३१ जना गरी जम्मा ६५ जम्मा जनप्रतिनिधि निर्वाचित भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार